ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रासायनिक विषादीमुक्त ‘खानीटार गाउँ’


admin
१ आश्विन २०७४, आइतबार   २ : १५   बजे

तेह्रथुम, १ असोज । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुंगाको खानीटारका अगुवा कृषक चन्द्र तिवारीले बालीनालीमा कुनै पनि रासायनिक मल र विषादी प्रयोग नगर्दा पनि उहाँका खेतबारीमा टमाटर, अकबरे खुर्सानी, केरा, स्याउ, सुन्तला, कागतीलगायत फलफूल तथा तरकारी बाली राम्रैसंग फष्टाएका छन् ।


थोरै जमिनमा पनि उहाँ अरुलेभन्दा धेरै तरकारी तथा फलफूल फलाउँदै आउनुभएको छ । तिवारीले उत्पादन गर्नुभएका तरकारी र फलफूलले मूल्य पनि राम्रै पाएको छ । सात वर्षअघि रासायनिक मल र विषादीको प्रयोग छाडेर प्राङ्गारिक उत्पादन गर्ने अभियानमा लाग्नुभएका उहाँले अहिले आफ्नो माटो, घर र गाउँलाई नै प्राङ्गारिक बनाउनुभएको छ ।

प्राङ्गारिक खेती गरिरहनुभएका उहाँले बारीको डिलमा मौरीका घार राख्नुभएको छ । प्राङ्गारिक वस्तुको प्रयोगले महको माग पनि रामै भएको छ । आफूले थालेको ‘ प्राङ्गारिक उत्पादन, प्राङ्गारिक भान्सा र प्राङ्गारिक गाउँ’को अभियान अहिले सार्थक बन्दै गएको तिवारी बताउनुहुन्छ ।

उहाँकै सिको गरेर स्थानीय जापान कन्दङ्वाले पनि प्राङ्गारिक खेतीमै आकर्षित हुनुभएको छ । “चन्द्र दाइले गरेको देखेर त्यस्तै गर्ने उद्देश्यले काम थालेको हुँ, अहिले मैले पनि कागती, अकबरे, टमाटर, च्याउ आदि खेती गरेको छु”– कन्दङवाले भन्नुभयोे, तिवारीकोे उदाहरणीय काम देखेर  गाउँका युवराज कन्दङवा, प्रेम उप्रेती, मदन कन्दङवा र लक्ष्मी कन्दङवा पनि प्रभावित भएका छन् । उनीहरुमध्ये धेरैले गत वर्षबाटै आफ्नो जमिनमा अकबरे, कागती र अलैँची खेती लगाएका छन् । सबैको एउटै स्वर छ, अब गाउँमै व्यावसायिकरूपले प्राङ्गारिक खेती गरेर पैसा कमाउने । यी र यस्तै गाउँका ३१ जना युवालाई समेटेर खानीटार बहुउद्देश्यीय कृषक समूह बनाएको तिवारीले बताउनुभयो ।

सामान्य लेखपढ गर्नुभएका तिवारीले गाउँलाई प्राङ्गारिक उत्पादन हुने गाउँका रुपमा चिनाउन थालेको अभियान सार्थक बन्दैछ । करिब ३५ घरधुरी रहेको खानीटार गाउँका अधिकांश घरधुरीले रासायनिक मल र विषादीको प्रयोग गर्न छाडेका छन् । आफूले देखेको सपनाजस्तै अबको गाउँको सबै कृषिजन्य उत्पादन प्राङ्गारिक हुने भएपछि कृषक तिवारी पनि दंग हुनुहुन्छ । “मेरो सन्देशमूलक अभियान सफल हुन लागेकाले म पनि खुशी छु, उहाँ भन्नुहुन्छ ।

रासायनिक विषादी प्रयोग नगर्ने गरेका उनीहरुले गाउँघरमै पाउने वनस्पति जस्तैः धतुरो, अदुवा, लसुन, बेसार, निमपात, घ्युकुमारी, सुर्ती, टिमुर, बोजो, तितेपाती, असुरो र सिस्नु आदिको मिश्रण गरेर जैविक विषादी बनाउने गरेका छन् । त्यसरी बनाएको विषादीले नै बाली नालीमा लाग्ने रोग किराको निदान गर्ने गरेको कन्दङवाले बताउनुभयो । रासायनिक मलको सट्टामा भने उनीहरुले गोठे मल प्रयोग गर्छन् ।

गोठे मलले नपुगे स्याउला र घाँसपातबाट पनि प्राङ्गारिक मल बनाएर प्रयोग गर्ने गरिएको स्थानीय बताउँछन् । “रासायनिक बस्तु अब प्रयोग नै नगर्ने हो, कृषक कन्दङवा भन्नुहुन्छ, “हामी प्राङ्गारिक उत्पादनको स्वाद चखाउने नमूना गाउँ बनाउन चाहान्छौँ ।” उहाँ भन्नुहुन्छ, ‘‘गाउँलाई प्राङ्गारिक उत्पादन खान पाइने रासायनिक विषादीमुक्त गाउँ घोषणा नै गर्ने रहर छ, अझ गाउँलाई पर्यटकीय घरबासयुक्त गाउँ बनाउन चाहान्छौँ। ”

गाउँका युवा मिलेर प्राङ्गारिक उत्पादन गर्ने, गाउँलाई घरबासका रुपमा विकास गरी पर्यटकको गन्तव्य बनाउने लक्ष्य राखेका यी युवालाई सरकारी निकायबाट भने कुनै सहयोग छैन । गाउँमा व्यावसायिक कृषिका लागि लगानी गर्ने रकम कुनै निकायबाट सहयोग भए आफूहरुलाई राहत मिल्ने उनीहरु बताउँछन् ।

गाउँमुनि निर्माणाधीन मध्यपहाडी लोकमार्ग छ । सडक भएर पाँचथरको फिदिम, इलाम र झापासम्म यहाँको कृषि उत्पादन निकासी हुन थालेको छ । सडकको पहुँच राम्रो भएकाले पनि गाउँमा प्राङ्गारिक उत्पादन गर्नसके बजारको कुनै समस्या नहुनेमा स्थानीय सन्तोष कन्दङवा जोड दिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group