ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संकटमा नेपाली हाते कागज उद्योग


admin
३ आश्विन २०७४, मंगलबार   १२ : ५१   बजे

ताप्लेजुङ, ३ असोज ।  कच्चा पदार्थको अभावमा जिल्लाका हाते कागज उद्योग संकटमा परेका छन् । वन जंगलबाट प्राप्त हुने लोक्ताको अभावले उद्योग चलाउन समस्या भएको उद्योग व्यवसायीले बताएका छन् । कागज उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थमध्ये लोक्ता प्रमुख हो ।

फुङ्लिङ नगरपालिका–६ मा रहेको छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ शेर्पाले लोक्ताको अभावले केही महिनादेखि उद्योग बन्द गर्नुपरेको बताउनुभयो ।

सिदिङ्वा गाउँपालिका–७ का व्यवसायी देउबहादुर लिम्बू लोक्ता नहुँदा माग भएअनुसार कागज उत्पादन उत्पादन गर्न नसकिएको बताउनुहुन्छ । नेपाली हाते कागजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाए पनि मागअनुसारको उत्पादन गर्न सकिएको छैन । लोक्ता सामुदायिक वनबाट निकाल्न लामो प्रक्रिया अपनाउनु पर्ने भएकाले समयमा निकाल्न असम्भव हुने व्यवसायीको भनाइ छ ।

लोक्ता विशेषगरी पहाडी तथा हिमाली जिल्लाका महाभारत शृंखला र त्यसको उत्तरी भागका पाँच हजार फिटदेखि १० हजार फिटसम्म ९समुद्री सतहभन्दा माथि० को उचाइका चिसो, ओसिलो ठाउँ र अरु रुखको छहारी भएको ठाउँमा पाइन्छ । नेपाली कागजको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढे पनि कच्चा पदार्थकै अभावमा माग पूर्ति गर्न नसकेको यहाँका कागज उद्योग सञ्चालक बताउँछन् ।

शुद्ध लोक्ताबाट बन्ने कागज विशेषगरी जापानले जापानी येन ९जापानी मुद्रा० बनाउन प्रयोग गर्ने गर्छ । हाते कागज अमेरिका, थाइल्याण्डलगायतका मुलुकमा निर्यात हुने गरेको छ । उद्योग विकास शाखा ताप्लेजुङमा हालसम्म २५ वटा नेपाली हाते कागज उद्योग दर्ता भएको छ ।

उद्योग विकास अधिकृत सुनिल आचार्यका अनुसार हाते कागज उद्योगले बर्सेनि नवीकरण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu