ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पच्चीस हजार भूकम्पपीडितले लिए निःशुल्क फोन सेवा


admin
२८ मंसिर २०७५, शुक्रबार   ६ : ३०   बजे


काठमाडौं,२८ मङसिर। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले शुरु गरेको निःशुल्क टेलिफोन नं (टोल फ्रि) का माध्यमबाट २५ हजार भूकम्पपीडितले सेवा लिएका छन् ।

प्राधिकरणद्वारा सञ्चालित टोल फ्रि हेल्पलाइनबारे आज यहाँ आयोजित छलफल कार्यक्रममा लाभग्राहीले प्राधिकरणको हेल्पलाइनबाट समस्या समाधानका लागि सहजता भएको बताउनुभयो । पैसा नलाग्ने दुई टेलिफोन नम्बरमा फोन गरेर लाभग्राही वा पुनःनिर्माणका बारेमा जान्न चाहने जोसुकैले जिज्ञासा राख्न सक्छन् ।

प्राधिकरणले विसं २०७३ जेठ (सन् २०१७ मे) देखि १६६०–०१–७२००० (एनटिसी) र ९८०१५–७२१११ (एनसेल) का दुईवटा नम्बरका हेल्पलाइन शुरु गरेको हो ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले टोल फ्रि सेवाबाट प्राप्त सूचना तथा सुझावबाट नीति निर्माण एवं निर्णय गर्न मद्दत मिलेको बताउनुभयो ।

टोल फ्रिबाट प्राप्त सुझावका आधारमा कैयौँ व्यवस्था गरिएको जानकारी दिदैं उहाँले पुनःनिर्माणमा लाभग्राहीसँगको दोहोरो सञ्चार महत्वपूर्ण हुने बताउनुभयो ।

निःशुल्क फोन सेवाबाट प्राधिकरणका नीति, निर्णयका बारेमा जानकारी लिई निजी आवास निर्माणलगायतमा आइपर्ने समस्या तथा गुनासाका बारेमा उपाय खोज्न सकिएको टोल फ्रि हेल्पलाइनका सम्पर्क व्यक्ति (फोकल पर्सन) तथा प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले बताउनुभयो ।

लाभग्राहीमा पर्नका लागि भरिएको गुनासोको नतिजासँग सम्बन्धित धेरै फोन आउने गरेको हेल्पलाइन सेवाका अपरेटर आस्था आचार्यले बताउनुभयो । अनुदानको किस्ता, प्राविधिक निरीक्षण, प्रशासनिक प्रक्रिया, बैंकिङ प्रक्रिया, जिल्ला परिवर्तन तथा जग्गाबारे समेत फोनबाट जानकारी माग हुने गरेको छ ।

हाल हेल्पलाइनमा दुई जना अपरेटर कार्यरत छन् । कार्यालय समयमा प्रत्यक्ष कुराकानी गरेर सम्भव भए तत्कालै जिज्ञासाको समाधान गरिन्छ । प्राधिकरणका अधिकारी सोध्नुपर्ने जिज्ञासा रहेछ भने सम्बन्धित अधिकारीलाई सोधेर अपरेटरले नै फोन गर्छन् ।

बिहान बेलुकीको समयमा आएका टेलिफोन भने रेकर्डरमा सङ्ग्रहित हुन्छन् । कार्यालय खुलेपछि अपरेटरले सुनेर समस्या समाधान गर्ने गरिएको सहप्रवक्ता घिमिरेले बताउनुभयो ।

रामेछाप उमाकुण्ड गाउँपालिकाका रामबहादुर बस्नेतले लाभग्राहीमा नाम नपरेपछि गुनासो भर्नुभयो । लामो समयसम्म गुनासोको नतिजाबारे थाहा पाउन सक्नुभएन ।

सोध्नलाई काठमाडौँ आउन पनि समय र खर्च लाग्थ्यो । उहाँले प्राधिकरणले पैसा नलाग्ने टेलिफोन सेवा शुरु गरेको र त्यसमा फोन गरेर आफ्नो समस्या राखे सहयोग मिल्ने थाहा पाउनुभयो ।

प्राधिकरणको हेल्पलाइन नम्बर पत्ता लगाउनुभयो र फोन गरेपछि हेल्पलाइनका अपरेटरले बस्नेतको नतिजाका बारेमा प्राधिकरणका अधिकारीसँग सोधखोज गरी जानकारी गराइदिए ।

त्यसपछि बस्नेतले प्राधिकरणको हेल्पलाइनबारे अन्यलाई पनि जानकारी दिनुभयो । कति लाभग्राहीका समस्याबारे आफैँ फोन गरेर पनि सोधिदिएको कार्यक्रममा सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group