ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशको योजना तर्जुमाका लागि सुझाव सङ्कलन


admin
२१ पुस २०७५, शनिबार   १० : २१   बजे

म्याग्दी, २१ पुस । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षीय योजना तर्जुमाका लागि शुक्रबार म्याग्दीका सरोकारवालाबाट सुझाव सङ्कलन गरेको छ ।

बेनीमा छलफल कार्यक्रमको आयोजना गरेर प्रदेशका सांसद, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था र सरोकारवालाबाट सुझाव सङ्कलन गरेको हो ।

छलफलका क्रममा म्याग्दी जिल्लाको समग्र विकासको अवस्था, समस्या, चुनौती, सम्भावना र समस्याको समाधानका उपायको विषयगत रूपमा लिखित सुझाव सङ्कलन गरिएको छ ।

सहभागीले म्याग्दीको पर्यटन, जलविद्युत्, कृषि, पशुपालन र वनपैदावारको क्षेत्रमा रहेको सम्भावनालाई गरीबी निवारण, आयआर्जन वृद्धि र जीवनस्तर रुपान्तरणमा मद्दत पुग्ने किसिमका योजना तथा कार्यक्रम तय गर्न सुझाव दिएका छन् ।

म्याग्दीको सम्भावनालाई विकास र आयआर्जनमा रुपान्तरणका लागि पूर्वाधार निर्माण र सामाजिक विकासमा प्राथमिकता दिन सुझाव दिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । भौगोलिक विकटता, सामाजिक पछौटेपन, बसाइँसराइका कारण उत्पन्न जटिलताको समाधानमा प्राथमिकता दिनुपर्ने सुझाव रहेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेशको वस्तुगत धरातलमा आधारित रहेर सरोकारवालाको सुझावअनुसार पञ्चवर्षीय योजना बनाउन लागिएको बताउनुभयो ।

गण्डकी प्रदेशका सांसद विनोद केसीले आवश्यकता र समस्याका आधारमा तय गरिएका योजना, नीति र कार्यक्रममा अपनत्व महसुस भई प्रभावकारी कार्यान्वयमा सघाउ पुग्ने भएकाले सुझाव सङ्कलन गरिएको बताउनुभयो ।

आयोगका अध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले सरोकारवालाको सुझाव र विषयवस्तुलाई प्रदेशको नीति, योजना र बजेटमा समेटिने बताउनुभयो ।

सामुदायिक स्वास्थ्य एकाइ स्थापना 

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।

एक जना अहेवको व्यवस्था गरेर यसै हप्तादेखि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको वडाध्यक्ष जीवन मल्लले बताउनुभयो । एकाइलाई व्यवस्थित, नियमित र प्रभावकारी बनाउन पूर्वाधारको व्यवस्था गरिने अध्यक्ष मल्लले बताउनुभयो ।

पिप्ले पुगेर आउन दुई घण्टाभन्दा बढी समय लाग्ने गरेकामा एकाइ स्थापना भएपछि करीब डेढ सय घरधुरीको बसोबास रहेको मौवाफाँटवासीलाई सहज भएको छ । एकाइबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सुविधा दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group