ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेरामा थन्किए ‘गजल’


admin
३० पुस २०७५, सोमबार   ५ : ०४   बजे

भीमदत्तनगर, ३० पुस । विसं २०६९ मा अध्ययनको सिलसिलामा कञ्चनपुरको भीमदत्तनगर आइपुग्नु भएका २५ वर्षीय सिद्धनारायण आचार्य अनेकन पीडाका बीच साहित्यिक क्षेत्रका एक प्रतिभावान र सफल गजलकारका रुपमा परिचित हुनुहुन्छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खड घर भएका आचार्य हाल भीमदत्त नगरपालिका–१८ गोबरियामा डेरामा बसेर यहाँको सुदूर पश्चिम विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । पढाइमा अब्बल कहलिएका आचार्यको साहित्यिक यात्रा पनि अध्ययनसँगै निरन्तर रहेको छ ।

उ त्यो पूजारी कसको ध्यानमा बसे होला
आफ्नै अगाडि ‘भा’को पत्थर बिर्सिएर

यसपालि पनि पूरै गाउँ बगाउँछ
नदी बग्दैछ आफ्नो बगर बिर्सिएर

कानूनले आँखामा कालोपट्टी बाँधेछ
सायद कुनै ठाउँमा नजर बिर्सिएर

मेरी बुढी आमा यसो भन्छिन सधैँ
मेरो बाबु घर आ’ शहर बिर्सिएर

सानैदेखि साहित्यमा रुची राख्ने आचार्यले यहाँ हुने विभिन्न गजल प्रतियोगितामा बिना उपाधि फर्किनु परेको छैन । ‘‘बुबाको चाहना मलाई डाक्टर बनाउने थियो’’ उहाँले भन्नुभयो, “तर गजल बिधा मेरो प्रेमिका जस्तै भयो ।”

विसं २०७० देखि गजल लेखनमा सक्रिय उहाँका दुई हजार ५०० गजल डेरामा थन्किएका छन् । ‘‘दिनमा प्रायः एउटा त गजल लेखेकै हुन्छु’’ उहाँले भन्नुभयो, “दश वटा डायरीमा थन्किएका गजल बजारमा ल्याउन प्रकाशन गृहको खोजीमा छु ।” दुई वर्षअघि यहाँस्थित विपीन पुस्तक भण्डारले उहाँको ‘काका’ नामक गजल सङ्ग्रह बजारमा ल्याइदिएको थियो । ७७ वटा गजल रहेको गजल सङ्ग्रह बजारमा निकै चर्चित बनेको थियो ।

हाल महाकाली गजल प्रतिष्ठानका सहसचिव समेत रहनुभएका गजलकार आचार्य गजलमै स्नातकोपाधि गर्ने सोचमा रहेको बताउनुहुन्छ । देशभक्ति, प्रेमभाव, गरीबी, साहित्य, पीडालाई गजलमाझ प्रस्तुत गर्दै आएका उहाँले भन्नुभयो–‘‘प्रकाशकको अभाव भइदिँदा डेरामा थन्किएका गजलहरुमा धमिरा लाग्कन कि भन्ने पीर छ ।’’

सुदूर पश्चिम प्रदेशको गजल विधालाई चलायमान बनाउन सक्रिय रहँदै आएका उहाँले युवा पुस्ताको आकर्षण रहेको बताउनुभयो । ‘‘युवाको गजलमा ‘क्रेज’ त निकै छ’’, उहाँले भन्नुभयो–‘‘तर पेट र गजलको द्वन्द्वले युवाहरु चाँडै विस्थापित भइहाल्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group