ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केसर पुस्तकालय पुस्तक प्रेमीकालागी ज्ञानआर्जनको उत्कृष्ट थलो


एबीसी न्यूज
८ माघ २०७५, मंगलबार   १० : ३६   बजे


काठमाडौं , ८  माघ । ऐतिहासिक र पुरातात्विक महत्वका सामग्री रहेको काठमाडौंको केसर पुस्तकालय अहिले व्यवस्थीत बनेको छ । राणाकाल देखी पुस्तकको संरक्षण गर्दै आएको यस पुस्तकालय पुस्तक प्रेमीकालागी ज्ञानआर्जनको उत्कृष्ट थलो बनेको छ । तर पुस्तकालय रहेको राणकालीन दरवारलाइ भूकम्पले हल्लाएपछि भने पुस्तकालय संकुचित हुन पुगेको छ ।

यदि तिमी संग बगैचा र पुस्तकालय छ भने तिमी संग तिमीलाइ चाहिने सवै थोक छ , रोमन दार्शनिक मार्कस टिलीअस किक्रोको यो भनाइलाई सफल रुप दिएका हुन् नेपालका १३औ राणा प्रधानमन्त्री चन्द« शम्शेर राणा का छोरा केसर सम्सेरले । काठमाडौमा रहेको केसर पुस्तकालय र केसर महलकै आडमा रहेको स्वप्न बगैचा त्यसैको एक झलक हो । १५÷ १६ बर्षका उमेरमा बुवा चन्द« समशेर संग बेलायत गएका केसर सम्शेर बेलायतको पुस्तकालय र पठन संस्कृति बाट प्रभावीत भएर नेपाल फर्केपछि उनले आफ्नै महलमा पुस्तकालय बनाएका हुन् । उनले बेलायतबाट प्रसस्त पुस्तक ल्याए पुस्तकालय भरेका थिए ।

यद्यपी त्यती बेला यो आमनागरिकका लागि भने थिएन । उनको व्यक्तिगत सम्पत्ति भएकाले उनको परिवारका सदस्यले मात्र त्यहा पढ्ने मौका पाउथे । केसर समशेरको निधन पछि भने २०२६ सालमा उनकी श्रीमती कृष्णचन्द« देवी राणाले केसर पुस्तकालय, केसर महल, स्वप्न बगैँचा र यसले ओगटेको करिब ३२ रोपनी जग्गा सरकारलाई हस्तान्तरण गरिन् । मृत्युपूर्व केसर सम्शेरले आफ्नो निजी पुस्तकालय राज्यलाई हस्तान्तरण गर्ने इच्छा व्यक्त गरेसंगै बिसं २०२६ साउन १ गतेवाट यो पुस्तकालय सर्वसाधारणकालागी खुला गरएिको थियो ।

अहिले शिक्षा तथा खेलकुद मन्त्रालयले यो पुस्तकालय सञ्चालन गरेको छ । सरकारलाई हस्तान्तरण गर्दा केसर पुस्तकालयमा करिब २० हजार पुस्तक, पत्रपत्रिका, हस्तलिखित ग्रन्थ र ऐतिहासिक र पुरातात्विक महत्वका सामग्री भएको पुस्तकालय प्रमुख दशरथ मिश्र बताउछन । अहिले त्यो संख्या बढेर ७५ हजार आसपास पुगेको छ । अहिले यस पुस्तकालयमा बिभिन्न बिधाका ५५ हजार पुस्तक , पत्रपत्रीका ,र अन्य हस्तलिखीत ग्रन्थ गरी ७५ हजार को हाराहारीमा रहेका छन् । राणाहरुले शिकार गरेका वन्यजन्तुका टाउका, एक हजार वर्ष भन्दा पुराना हस्तलिखित ग्रन्थ, दुर्लभ पेन्टिङ र राणा शासनको वैभव देखाउने हजारौ फोटो यस पुस्तकालयमा आश्रीत छन् ।

पुरातात्वीक महत्वका बस्तुहरु रहेका यस पुस्तकालयमा शुश्रतसमिता नामक हस्तलिखीत ग्रन्थ सवैभन्दा पुरानो मानीन्छ । पुस्तकलाइ यस्ता पुरातात्वीक एवंम ऐतीहासीक महत्वका कितावलाइ जोगाइराख्न भने नेपालमा उचित प्रविधीको बिकास नहुदा समस्या हुने गरेको मिश्र बताउछन् । अन्य मुलुकमा पुस्तकालय भित्र उचित तापक्रम मिलाएर पुस्तको जोगेर्ना गर्ने गरीएको तर नेपालमा त्यस प्रबिधीको बिकास नभैसकेकोले प्रकुतीक पद्धती अनुसार लेमनग्रास, मिनट, फिनायल जस्ताको प्रयोग गरेर किताबलाइ किरालाग्न बाट जोगाउनु परेको उनि बताउछन् । यसका अलावा भूकम्पले केसर महलमा क्षती पुर्याउयदा ठाउको पनि संकुचन हुन पुगेको उनी बताउछन् ।

पुस्तकालय ज्ञानको भण्डार हो । भलै यो पुस्तकालय उवेलमा राणा खान्दानको इच्छा पुरा गर्न बनाइएको थियो, तर अहिले यसवाट सर्वसाधारणले अध्ययनगर्ने मौका पाएका छन् । दार्शनीकहरुको बिचारधारालाइ पुस्तकमा समेटेर राखेका छन् यस्ता पुस्कालयहरुले । यिनीहरुको उचित संरक्षण गरीनु अतिआवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

Ecuador Sentences Former President Lenin Moreno To Five Years In Bribery Case

प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख दिने ८७ वर्षीया मनकारी वृद्धा राजी राणा को हुन्?

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

Guinea-Bissau Votes on Constitutional Referendum Aimed at Strengthening Presidency

अत्यावश्यक सवारीलाई खुलाइयाे पृथ्वी राजमार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu