ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइसिएल काठमाण्डौले फागुन १ गते २४ औ जनयुद्द दिवस मनाउदै


एबीसी न्यूज
१ फाल्गुन २०७५, बुधबार   ८ : ०५   बजे


काठमाडौं  , १ फागुन वाइसिएल काठमाण्डौले फागुन १ गते २४ औ जनयुद्द दिवस मनाउने भएको छ । २०५२ साल फागुन १ गते तद्कलिन माओबादीले जनयुद्द सुरु गरेको थियो । वाइसिएल काठमाडौंले फागुन १ गते बिहान ७ बजे काठमाडौंको बागबजारस्थित सिटि म्याक्स हलमा जनयुद्द दिवस मनाउदै छ ।

माओवादीले जनयुद्ध सुरु गर्नुभन्दा अगाडी बिस २०५१ फागुनमा गोरखामा केन्द्रीय समितिको ४ दिनसम्म बसेको बैठकले जनयुद्धमा जाने ऐतिहासिक निर्णय गरेको थियो गोरखा बैठकपछि ०५२ असारमा बसेको केन्द्रीय समितिको बैठकले वैचारिक, राजनीतिक, सांगठनिक तयारीका साथै फौजी र गैरफौजी तयारीमा गरि ७ बुँदे प्रतिबद्धता व्यक्त गर्यो ।

७ बुँदे प्रतिबद्धताको २ नम्बर बुँदामा भनिएको छ, ‘जनयुद्धको थालनीको हाम्रो यो योजना राज्यसत्ता बाहेक अरु सबैथोक भ्रम हो भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निम्ति राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य हुनेछ । अर्को ३ नम्बर बुँदामा भनिएको छ, ‘एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं जनतालाई धोखा अपराध हुने कुरामा हामी दृढ छौं ।’

माओवादी जनयुद्धको १० वर्षको छोटो अबधिमा छलाङ मार्यो । चीनमा माओले करिव २२ वर्षको लामो समय पार गरेर क्रान्ति सम्पन्न गरे तर माओवादीले नेपालमा छोटो अवधिमा ठूला उपलव्धि हासिल गर्न सफल भयो ।

माओवादीले वैचारिक र राजनीतिक विकाससँगै फौजी क्षेत्रमा पनि तीव्र छलाङ मार्यो । माओवादीले माओको दीर्घकालीन जनयुद्धको बाटो अपनाएर जनयुद्ध आरम्भ गरेको थियो । विश्वमा सर्वहारा क्रान्तिका रुसको शहरी विद्रोह र चीनको दीर्घकालीन जनयुद्ध दुईवटा मोडल थियो । माओवादीले ०५७ मा प्रचण्डपथको विकास गर्दै गाउँ र शहरलाई संयोजन गरेर जाने फ्युजनको सिद्धान्त विकास गर्यो । ०५२ फागुन १ मा नेकपा माओवादीले जनयुद्धको घोषणा र ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं ।’ पार्टीको पहिलो पर्चामा भन्यो, फागुन १ गते रोल्पाको होलेरी,, रुकुमको आठबीसकोट र सिन्धुलीको सिन्धुलीगढी तीनवटा प्रहरी चौकीमा एकैरात आक्रमण गरि कब्जामा लियो ।

राजनीति क्षेत्रमा माओवादीले स्थानीय सत्ता निर्माण गर्दै ७ वर्षको बीचमा केन्द्रीय जनसरकारको समेत निर्माण गर्यो । ०५७ देखि स्थानीय सत्ता निर्माणको थालनी गरेको पार्टीले ०५८ मा पुग्दा जिल्ला जनसरकार घोषणा गर्यो ।

बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय सरकारको प्रारुप संयुक्त क्रान्तिकारी जनपरिषदको घोषणा समेत गरियो । यो राजनीतिको क्षेत्रमा गरेको निकै ठूलो उपलव्धि थियो । फौजी क्षेत्रमा छापामार युद्धबाट सुरु गरेको माओवादीले जनयुद्धमा सेनाको प्रारम्भिक स्वरुप जनमिलिशियाबाट स्क्वायड, स्क्वायडबाट प्लाटुन ­कम्पनी हुँदै बटालियन स्तरको जनसेना निर्माण गर्यो ।

प्रचण्डलाई सर्वोच्च कमाण्डर बनाउइदै ०५८ को मंसीरमा विधिवत रुपमा जनमुक्ति सेना नेपालको घोषणा गर्यो । ०५८ पछी ०६२ सम्म आउँदा माओवादीले बटालियनदेखि बिगे्रड हुँदै डिभिजन सम्मको फौजी संरचनाको विकास ग¥यो । चीनमा माओकोपछि क्रान्तिकारी कम्युनिस्टको ठूलो स्केलमा सेना निर्माण गर्यो ।

नेपालमा माओवादी आन्दोलन मात्र यस्तो आन्दोलन थियो जसले नेपालको गाउँदेखि शहर, पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण सबैतिर माओवादी आन्दोलनको कुनै न कुनै क्षेत्रमा प्रभाव रह्यो र सबै क्षेत्रलाई समेटेको थियो । माओवादीले जनयुद्धमा वर्गीय आन्दोलनलाई मात्र जोड दिएन, उसले वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय आन्दोलनलाई एकैसाथ गोलबन्द गरेर समग्र आन्दोलनको रुपमा विकास गर्यो । ०६२/६३ को जनआन्दोलन सफल भएपछी १७ हजार सहिदको सपना बोकी सिहंदरवार छिर्यो तर उ संसदीय व्यवस्थाका विरुद्धमा उठाएको हतियार , हजारौ शहिदलाई भुल्दै उही पूरानो सुधारिएको संसदीय व्यवस्थामा अल्झिन पुग्यो ।

०६२/६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना त गर्यो तर दश वर्षे जनयुद्धको लक्ष्य त्यो वुर्जुवा लोकतान्त्रिक गणतन्त्र थिएन नयाँ जनवादी गणतन्त्र थियो । उसको लक्ष्य समाजवाद हुँदै साम्यवादसम्म पुग्ने थियो जुन सत्ताको स्वादमा उसले जनयुद्द मात्र होइन शहिद,घाइते , बेपत्ता र आफ्नो बाटो नै बिर्सियो । उ आफुले जुन उदेश्यका साथ जनयुद्द गरेको थियो त्यो मूल नेतृत्वबाट नयाँ जनवादी गणतन्त्र पूरा नहुँदै वुर्जुवा गणन्त्रको अंशगत लक्ष्यमा सीमित हुँदै टुक्रा–टुक्रामा बिभाजन हुन् पुग्यो ।

अहिले मूल नेतृत्वबाट माओबादी टुक्रिएर ६ भन्दा बढी बनेका छन् भने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको बाटोबाट जनयुद्धको लक्ष्य कुनै पनि हालतमा पूरा गर्ने उद्घोष गरेको छ ।अहिले माओबादीको मूल नेतृत्व एमालेसँग एकता गरि नेकपा बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group