ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेतीगर्ने जमीनको भाडा सरकारले तीरिदिने


sharan sharan
८ फाल्गुन २०७५, बुधबार   १० : ३९   बजे

बुटवल, ८ फागुन ।
खेती योग्य जमीन नभएका वा भुमिहिन किसानहरुलाई लक्षित गरि प्रदेश ५ सरकारले किसानले भाडामा जमीन लिएर खेती गरे जमीनको भाडा तीरिदिने गरि ल्याईएको भुमिहिन किसानका लागि करार खेती कार्यक्रमको म्याद तेस्रो पटक थप गरिएको छ । प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पर्याप्त किसानहरुको प्रस्ताव नआएको र सबै किसानसम्म सरकारी अनुदानको सुचना समेत नपुगेको भन्दै तेस्रो पटक म्याद थप गरेको हो ।
गत असोज २५ गते पहिलो पटक प्रकाशित सुचनाबाट किसानहरु अनुदान लिन नआएपछि पुस २२ गते एक महिनाको म्याद थप गरिएको थियो । त्यसपछि पनि सरकारले लक्षित गरे अनुरुपको किसानहरु नआएपछि तेस्रो पटक म्याद थप गुर्नु परेको मन्त्रालयले जनाएको छ ।

प्रदेश ५ सरकारले प्रदेशलाई कृषिमा आत्म निर्भर बनाउने भन्दै जग्गा करारमा लिएर काम गर्न चाहने किसानका लागि जग्गा भाडा सरकारले तिरिदिने घोषणा गरेको थियो । कम्तीमा ५ कट्ठा जमीन भाडामा लिएका किसानको जग्गा भाडा सरकारले तीरिदिने गरि मन्त्रालयले सुचना प्रकाशित गरेको थियो । तराईमा १ देखि १० बिगाहा र पहाडी भेगमा १० देखि १०० रोपनी जग्गामा ब्यवसायीक खेती वा पशुपंछि पालन गर्न सक्ने सुचनामा उल्लेख गरिएको छ । यसरी भाडामा लिने जग्गा सरकारी स्वामीत्व, गुठी, मठमन्दिर, बिद्यालय वा ब्यक्ति जो सुकैको हुन सक्ने छ । कृषि पेशालाई मर्यादित बनाउन र खेती योग्य जमीन बांझो नरहोस भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याईएको प्रदेश ५ सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताईन् ।
मन्त्रालयले बुधबार नै प्रदेशमा ब्यवसायीक कृषि गरिरहेका किसानहरुलाई लक्षित गरि ल्याईएको कृषि अनुदान पाउने कृषहरुको नाम समेत प्रकाशन गरेको छ । मन्त्रालयले प्रदेश भरीका किसानहरुको परेको दरखास्त मध्य खाद्य तथा पोषण सुरक्षा, ब्यवसाय उन्मुख कृषि, नबिन प्रबिधी कार्यक्रमका लागि छनौटमा परेका किसानहरुको नाम सार्वजानीक गरेको हो । छनौटमा परेका किसानहरुले यस अघि अनुदान लिईसकेको अवस्थामा वा अनुदान दुरुपयोग गरेको, झुठो बिवरण पेश गरेको अवस्थामा अनुदान रोकिने मन्त्री पौडेले बताएकी छिन् । प्रकाशित नामका बिषयमा गुनासो वा उजुरी गर्न मन्त्रालयले ७ दिनको म्याद दिएको छ ।
प्रदेश सरकारले यस अघि नै प्रदेश ५ को स्थिती पत्र सार्वजानकी गर्दै प्रदेश ५ मा ४५ दशमलब ६ प्रतिशत जनता कृषिमा आश्रीत रहेको र धान र तेलहनमा आत्मनिर्भर रहेको दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group