काठमाडौँ,१५ फागुन । सन् १९४७ मा भारतको स्वतन्त्रता र पाकिस्तानको जन्मसँगै प्रारम्भ भएको कस्मिर विवाद अद्यापि जारी छ । यसका लागि यी दुई मुलुकमाझ पटक—पटक युद्ध भए, वार्ता भए र सम्झौता पनि भए ।
संयुक्त राष्ट्र संघले मध्यस्थताको प्रयास गर्यो र सुरक्षा परिषदले जनमत संग्रहको प्रस्ताव पनि पारित गर्यो । त्यति मात्र होइन, स्वतन्त्रतापछिका पहिलो भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले संयुक्त रूपमा संयुक्त राष्ट्र संघलाई कस्मिरमा छिटो जनमत संग्रह गर्नका लागि आह्वान गर्न आफ्ना पाकिस्तानी समकक्षीलाई टेलिग्रामसमेत गरे । भारतको संसदमा कस्मिरी जनताले आफ्नो भविष्यबारे निर्णय गर्न पाउनुपर्छ भन्ने विचार पनि राखे । १९६५ को भारत–पाक युद्धपछि लालबहादुर शास्त्री प्रधानमन्त्री भएका बेला पाकिस्तानी राष्ट्रपति अयुव खाँसँग तास्कन्द सम्झौता भयो । १९७१ मा भएको पुन: अर्को युद्धपछि पनि प्रधानमन्त्री इन्दिरा गान्धीका पालामा जुल्फिकर अली भुट्टोसँग सिमला सम्झौता भयो ।
तर आजको यथार्थ के हो भने कस्मिरको एउटा भाग आजाद कस्मिरका रूपमा पाकिस्तानमा छ, अर्को भाग जम्मु—कस्मिरको नाममा भारतमा र यी दुवै भागलाई छुट्याएको छ, ‘नियन्त्रण रेखा’ (लाइन अफ कन्ट्रोल)ले । भारत र पाकिस्तान दुवैले एकअर्कातिरका कस्मिरलाई पाकिस्तान नियन्त्रित कस्मिर र भारत नियन्त्रित कस्मिर भन्छन् र आफ्नो नक्सामा पुरै कस्मिरलाई आफ्नोपट्टि देखाउँछन् । प्रश्न उठ्छ, किन पाकिस्तानतिरको कस्मिरमा केही हुँदैन र किन सधैं समस्या भारततिरको कस्मिरमा मात्र देखिन्छ ?
वेलायतबाट स्वतन्त्र भएदेखि नै कस्मिर, भारत र पाकिस्तानबीचको विवादको विषय बन्दै आएको छ। सन् १९४७ मा भारत र पाकिस्तान बेलायतको शासनबाट मुक्त भएका थिए। भारत प्रशासित कस्मिर र पाकिस्तन प्रशासित कस्मिरको अलवा यसको एक हिस्सामा चीनको समेत नियन्त्रण छ।
गत फेब्रुअरी १४ मा भारतीय सेनामाथि भएको आत्मघाती आक्रमणमा ४० सेना मारिएसँगै भारत र पाकिस्तानबीचको सुध्रिन खोजिरहेको सम्बन्ध झनै खराब बन्यो। भारतले पाकिस्तानस्थित आतंकवादी समूह जैस–इ–मोहम्मदलाई आक्रमणको दोषी लगाइरहेको छ। पाकिस्तानी भूमिको आतंककारी समूह कस्मिरलाई भारतबाट अलग पारेर पाकिस्तानमा गाभ्न चाहन्छ।
त्यसयता भारतमा पाकिस्तान विरोधी प्रदर्शनहरु भइरहेका छन्। भारतीयहरु कस्मिरी नागरिक तथा त्यहाँका व्यापारीलाई निशाना बनाइएको छ। केन्द्र सरकारले भारत प्रशासित कस्मिरमा एक हप्ताको लागि इन्टरनेट समेत बन्द गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले सेनालाई खुला छाडिदिएको बताइसकेका छन्। त्यसयता भारतीय सेनाले कस्मिरमा गस्ती बढाएको छ।
त्यसै अनुरुप भारतीय हवाई सेनाले मंगलबार बिहानै सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर पाकिस्तान प्रशासित क्षेत्रमा बिस्फोटक पदार्थ खसालेपछि तनाव थप बढेको छ ।
सीमा क्षेत्रको कश्मीरसँग जोडिएको नियन्त्रण रेखामा लागु भएको युद्ध विराम उल्लंघन गरेको आरोप भारत र पाकिस्तानले एक अर्कामाथि लगाएका छन् ।
भारतीय हवाई सेनाको विमानले मंगलबार बिहानै बालाकोट क्षेत्रमा बिस्फोटक पदार्थ खसालेको थियो ।
पाकिस्तानी सेनाले अखनूर, नौशेरा र कृष्णा घाटी क्षेत्रमा गोली चलाएको भारतीय आरोप छ । पाकिस्तानी सेनाले पनि नियन्त्रण रेखामा लागु भएको युद्ध विराम उल्लंघन गरेको भारतीय सेनाले आरोप लगाएको छ ।
पाकिस्तानले आक्रमणमा आफ्नो भूमिका अस्वीकार गरेको छ। दुवै देशबीच सम्बन्ध चिसो बनिरहेको बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक बयानमा भारतले पाकिस्तानलाई आक्रमण गरे पाकिस्तानले त्यसको प्रतिकार गर्ने टिप्पणी गरेका छन्।
भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश हु्न्। यदि दुवै देश युद्धमा गए यसको परिणाम निकै नराम्रो हुनेछ। कस्मिरलाई लिएर पाकिस्तान र भारतबीच संघर्ष भइरहँदा त्यहाँका स्थानीय जनता चपेटामा परेका छन्। स्थानीयमा मात्र नभएर देशको अलग–अलग हिस्सामा समेत यसको प्रभाव देखिन थालेको छ।
के छ कस्मिरको इतिहास
सन् १९४७ मा वेलायतबाट स्वतन्त्र भइसकेपछि कस्मिर कुन देशसँग मिल्ने भनेर छलफल भएको थियो। कस्मिरका राजालाई भारत र पाकिस्तानमध्ये एउटा छान्नुपर्ने अवस्था थियो। अन्ततः उनले भारतलाई छाने तर विश्वमा नयाँ बनेको यी देशबीच त्यसबेला दुई वर्ष लगातार युद्ध भयो।
युद्धविराम गर्ने सहमति भएपछि पनि पाकिस्तानले आफ्नो सेना कस्मिरबाट फर्काउन अस्वीकार ग¥यो। त्यसपछि कस्मिर दुई भागमा विभाजित भयो। सन् १९५० को दशकमा भारत र पाकिस्तानबीचको चर्को मतभेद रह्यो। चीनले त्यसको फाइदा उठाउँदै पूर्वी कास्मिरमा विस्तारै–विस्तारै नियन्त्रण लियो। अहिले यो क्षेत्रलाई अक्साई चीन भनिन्छ।
भारत र पाकिस्तानबीच दोस्रो युद्ध सन् १९६५ मा भएको थियो। सन् १९८० र १९९० को बीचका भारतीय शासनविरुद्ध कस्मिरमा वृहत विरोध प्रदर्शन भए। त्यसपछि कस्मिरमा पाकिस्तान समर्थित चरमपंथी समूहको प्रभाव बढ्यो। सन् १९९९ मा भारतले पाकिस्तान समर्थित सैन्य शक्तिविरुद्ध लडाइँ लड्यो। त्यतिबेला दुवै देशले आफूलाई परमाणु शक्ति घोषित गरिसकेको थिए। त्यसयता कस्मिरमा हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। अब के हुने हो युद्धले चरम रुपलिने हो या शान्तिप्रक्रिया मार्फत समस्याको समाधन निकाल्ने हुन ।
प्रतिक्रिया दिनुहोस्