ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीएन क्याम्पसदेखि एक साताअघिसम्मको मेरो मित्र रवीन्द्र, अल विदा !


ABC NEWS
१६ फाल्गुन २०७५, बिहिबार   ५ : ०२   बजे

मैले नौ कक्षा पढ्दा बागलुङको भीमसेन माविले शैक्षिक भ्रमण ल्याएको थियो हामीलाई पोखरामा । त्यो बेला देवराज कंडेल सर भ्रमणटोलीका नेता थिए । हाल उनी अमेरिकामा बस्छन् । उनी त्यही पीएनबाट प्रवीणता तहको पढाई सकेर मास्टर हुन गएका थिए हाम्रो स्कुलमा । त्यती बेला पीएन क्याम्पस पञ्चायत विरोधी आन्दोलनको केन्द्र जस्तै थियो । त्यसको मेरो मनमा विचित्र आकर्षण थियो ।

देव्रतिरबाट दोस्रोमा सभापति रबीन्द्र अधिकारी सातौंमा लेखक तत्कालीन सदस्य, पीएन क्याम्पस पोखरा, २०४९, स्ववियू टिम । ती मध्येका एकजना गण्डकी प्रदेशका मन्त्री विकास लम्साल बसेको दायांवाट दोस्रो ।
देव्रतिरबाट दोस्रोमा सभापति रबीन्द्र अधिकारी सातौंमा लेखक तत्कालीन सदस्य, पीएन क्याम्पस पोखरा, २०४९, स्ववियू टिम । ती मध्येका एकजना गण्डकी प्रदेशका मन्त्री विकास लम्साल बसेको दायांवाट दोस्रो ।


त्यहीमेसोमा मैले पीएन क्याम्पसमा खुट्टा राखें । स्ववियुको अवलोकन गर्यौं । त्यतिबेला स्ववियू सभापति झलक सुवेदी थिए । मैले त्यहीबेला चिनें, उनले मलाई शायद ०४९ सालमा चिनें होलान् । सुवेदी सभापति भएको स्ववियुको बोर्डमा रवीन्द्र अधिकारीको पनि नाम थियो सदस्यका रुपमा ।

2072/interview. in abc news /outlook.


त्यो भ्रमणबाट फर्के लगत्तै म मसाल समूहको अखिलको पूर्णकालाीन कार्यकर्ता बनें । ०४७ एसएलसी पास गरेपछि संगठनको कामकै सिलसिलामा गण्डकी अञ्चलको जिम्मा लिएर म पीएन क्याम्पस आएं । त्यो बेला म मसाल समूहको अखिलको केन्द्रीय सदस्य थिएं । त्यही बेलाबाट मेरो रवीन्द्रजीसंग एक प्रतिद्धन्दी र साथीका रुपमा सम्वन्ध विकास भयो । पीएनमा तत्कालीन अखिल पांचौंको वर्चस्व थियो । स्ववियुको चुनावका लागि कसैको सहयोग चाहिने थिएन । तर रबीन्द्रलाई म फरक संगठनको भएपनि जसरी पनि स्ववियूमा लैजानु पर्दछभन्ने लागेछ । यता मेरो संगठनभित्रका मुखिया मोहनविक्रमसंग गम्भीर मतभेद सुरु भएर वाक्क दिक्क भएको थिएं । म राजनीति छाड्ने मानसिकतामा त्यतिबेलै पुगेको थिए । रवीनजीले रोक्नु भयो । रबीनजीले दुवै मसालसमूहका विद्यार्थी संगठनलाई स्ववियुको बोर्डमा राख्न चाहनु हुन्थ्यो । अन्ततः उहां सफल हुनुभयो । त्यहीबेला मेरो लामो छलफल भएको थियो झलक दाई र खगराज अधिकारीसंग । त्यही घटनाबाट म मसालबाट अरु बढी टाढिए“ं । राम्रै भयो । यसमा रवीनजीको पनि अप्रत्यक्ष योगदान रहन गयो ।


मैले तत्कालीन मेरो संगठनको एमालेसंग तालमेल नगर्ने नीतिका विरुद्ध पनि रबीन्द्रसंग खडा भएर झण्डै ११ हजारभन्दा बढी विद्यार्थीको चुनावमा रवीन्द्र अधिकारीसंगै भाषण गरे २०४९ सालमा । त्यस घटनाले मलाई अर्को स्थानमा खडा गरिदियो । रवीन्द्र अधिकारी सभापति भएको स्ववियुको म सदस्य भएं २०४९ सालमा ।
२०५३ देखि २०५७ सम्म त म रवीन्द्र अधिकारी अध्यक्ष रहेको अनेरास्ववियूको सदस्य नै भएर सम्भवत बाहिरयाहरुमध्ये सवैभन्दा म निकट भएं रवीन्द्र र योगेश भट्टराईसंग । पछि त्यी संगठनकी साहै्र मृदुभाषी सचिवालय सदस्य विद्या भट्टराईसंग रवीनजीको विवाह भयो । रवीनजी र योगेशजीको माथिसम्मको जे एप्रोच थियो ति सबैठाउंमा मलाई सहजै लैजानुभयो उहांहरुले ।
म फेरि ०५४ मा धौलागिरिको जिम्मा लिएर बागलुंग फर्कें । शायद उहांहरुको म मात्र विश्वसनीय कार्यकर्ता थिएं धौलागिरिमा ।

०५४ मै नेपालगन्जमा पार्टीको महाधिवेशन भयो । म स्वाभाविक रुपमा नै योगश र रवीन्द्रतिर लागें । महाधिवेशनको गेट अघि हामीलाई तत्कालीन संस्थापन पक्षले राम धुलाई गरे । तर सूर्य थापा सम्पादक रहेका भोलिपल्ट निस्कने एमाले मुखपत्र मानिने पत्रिका बुधबारले योगेशसंगै मलाईपनि संस्थापनको गुण्डानाइकेका रुपमा गोलो घेरामा फोटो छापियो ।

माधव नेपाल, वामदेव, योगेश र रवीन्द्र अधिकारीको निर्देशनमा मैले ०५४को चुनावी आन्तरिक कमाण्ड सम्हालें धौलागिगिरिको । ०५६ को निर्वाचनका बेला फुटेका पार्टीमा पनि हामी संगै भयौं । गर्ने नगर्ने राजनीतिक हथकण्डा उहांहरुको निर्देशनमा मैले धौलागिरिमा गरें । ०५४को स्थानीय चुनावमा बागलुंग नगरपालिकाको चुनावमा मेयर कसलाई बनाउने भन्ने ठूलो विवाद आएको थियो । हामी केही साथीहरु पोखरा आयौं माधव नेपाललाई भेट्न । उहां बाराही होटलमा बस्नुभएको रहेछ । साथम शीव पौडेल संगै हुनुहुन्थ्यो । सामुहिक कुरा पछि अरुलाई बाहिर पठाएर माधव नेपालले मलाई सोधे । पक्षको कुरा छोडौं बीचको बाटो बताउनुस् भन्नुभयो । मैले एक सेकेण्ड अलमल नगरी एमाले हुन तयार भए भने ऋषिराम सापकोटा(जो सजमोका केन्द्रीय सचिवालय सदस्य थिए । तर माओवादीबाट बाहिर निस्कन खोजेका थिए ।) बनाए हुन्छ भने । त्यसपछि उनी एमाले भएको ११ औं दिनमा बागलुंग नगरपालिकाको मेयरको उमेदवार भए । माधव नेपालको पनि धौलागिरिमा त्यतिबेला त्यसखालको म नै एकजना कार्यकर्ता थिएं ।

त्यतिबेला कुन बहानामा राजनीतिको गन्धानालीबाट म मुक्त हुने भन्ने खा्ेजीमा थिएं । त्यो क्षेत्रको राजनीतिक कार्यकर्तासंगै स्थापित पत्रकार भइसकेको थिएं । त्यही बेला काठमाडौं आएको बेला शायद बवरमहलतिरको योगेशजीको डेरामा हुनुपर्दछ । दुवै जनालाई मैले अव राजनीति छाड्ने निश्कर्षमा पुगेको सुनाएं । उहांहरु धेरै नै स्तव्ध हुनुभयो । एकदुई दिनपछि रवीन्द्रजीेले मसंग लामो कुरा गरेर राजनीति नछाड्न निकै जोड गर्नुभयो । तर साथीको त्यो प्रस्ताव मैले मान्न सकिन । २०५७ सालदेखि म पार्टीविहीन भएं । एमालेलाई लाग्यो यो माओवादी भयो भन्ने । माओवादीले त एमाले भन्ने नै भए । यो रोचक किस्सा शायद यही वर्ष समाप्त हुंदैछ । तर मेरो विद्यार्थीकालको अभिभावक बनेको जस्तै साथी गुमाएपछि मात्र ।

२०५८ देखि २०७२ सालसम्मको सफरमा मेरो परिवारले विचित्र यातना, हैरानी र वैचैनी खेप्नु पर्यो । तर रवीन्द्रजीसंगको एकखालको आत्मीय सम्वन्ध सधैं रह्यो । ०६८ तिर एउटा राजनीतिक दुर्घटना हुनबाट मैले उहांलाई जोगाएं“ । जम्माजम्मी यस्ता साथीहरु आफ्नो आदर्श र इमानमा टिक्लान कि नटिक्लान् भन्ने भने मनमा सधैं रह्यो । पछि रवीन्द्रजीले वामदेवको फेरो छाड्न नसकेकोमा मैले उहांलाई सधैं सवाधान गराइरहें । कहिलेकाहीं त हप्काएं पनि ।


म टेलिभिजन सञ्चालक र प्रस्तोता समेत भएकाले दुई पटक आउटलुकमा कुरा गरें । पहिलोपटक अधिकारी संसदको विकाससमितिको सभापति भएका बेला र दोस्रो पटक मेरा मित्र मन्त्री बनेपछि दोस्रो मन्त्रीको अन्तर्वार्ताका रुपमा । यद्यपी एबीसीको एक दशक लामो अन्तर्वार्ता श्रृंखलाको सवैभन्दा धेरै पटकको रेकर्ड शायद रवीन्द्रजीकै नाममा हुनु पर्दछ । यो वर्ष उहां मन्त्री भइसकेपछि हामीले मेरो कार्यकक्षमा तीन घण्टाभन्दा बढी अफ टर्याक छलफल गरेका थियौं पहिलो पटक । रवीन्द्रजीको दिमागमा देश विकास गर्न निकै ठूलो हुटहुटी थियो । उहा“ले समृद्धि नामक किताव पनि लेख्नुभयो । त्यसले नै उहा“को विकासप्रतिको निष्ठालाई झल्काउ“छ । जवकी राजनीतिकर्मीहरुले राजनीतिकै बारेमा पुस्तक लेख्ने चलनमा यो पृथकपना हो । तर मेरो हालै निस्केको अवतरण पुस्तक देखेर उहा“ यति भावुक र खुशी हुनु भयो । पढिसकेपछि भित्रको सूचना र विश्लेषणबाट बशिभूत भएको प्रतिक्रिया दिनुभएको थियो । शायद यसबारेमा उहा“ केही लेख्ने तयारीमा हुनुहुन्थ्यो कि ?


दुई हप्ता अगाडिमात्र हामीले मेरै कार्यकक्षमा झण्डै दुई घण्टाभन्दा बढी कुरा गर्यौं दोस्रो पटक । ती कुराकानीमा मैले निजी रुपमा उहांलाई धेरै आलोचना गरें । उहांले सहजै स्वीकार गरेर सच्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कम्तीमा पच्चीस वर्षको राजनीतिक राजकीय करिअरको योजना बनाएर अघि बढ्न सुझाएको थिएं मैले ।
बीचको चार दिन म बाहिर गएर हिजो दिउंसो मात्र काठमाडौ आएं । घरमा आएर एबीसी खोल्ने वित्तिकै म झण्डै मुर्छित जस्तै भएं । शारदा निकै व्याकुल बनिन् । प्रधानमन्त्री नवन्दै केपी ओलीसंग झापा जांदा भेट भएका मित्र युवराज दाहाल र त्यही बेलादेखि प्रत्यक्ष भेटेर निकै आत्मीय हांसीमजाक गरेको मित्र छिरिंग समेत त्यी हेलिकप्टरमा रहेको ब्रेकिङ्ग समाचारले मलाई नराम्रोसंग विथोल्यो ।


यस्ता घटनाले विविप्त त बनाउंछ । चराचर जिन्दगीमा जन्मसंग मृत्यु आउंछ । तर जन्म एक उत्सव हुन्छ भने मृत्यु एक त्रासदीपूणै पीडाको प्याला । आज ठीक त्यस्तै भएको छ । दिन र रात नै रोइरहको छ काठमाडौं र देशैभरपनि । शायद प्रकृतिले हाम्रो मित्रलाई हरण गरेकोमा प्रकृति नै पछुतायो कि ?


२०४८ देखि दुई हप्ता पहिलेसम्मको हाम्रो सम्बन्ध अव सदाका लागि स्मरणको पन्नामा सिमित भयो । तर मित्र तिमी अमर बन्यौ । कमसेकम कसैलाई बेइमानी गरेनौं । विद्याजीलाई मर्माहत बनायौं । हामीलाई त सधैंका लागि नुन विनाको तरकारी जस्तो राजनीतिक टिप्पणी लेख्ने तहमा झार्यौ मित्र । तर तिमीले कहिल्यै बेइमानी गरेनौं । यसमा फेरि पनि हामीलाई गर्ब छ कि तिमी पनि हाम्रा साथी थियौै भनिरहंदा । हामी सबैलाई थाह छ पद क्षणिक हो, मित्रता र उसको कर्म अमर हो । तर यो यति धेरै हतारमा भयो कि जसको कुनै हिसाव नै हुन सक्दैन ।

अन्तमा हार्दिक श्रद्धान्जली मित्र, गहिरो समवेदना विद्या भट्टराई र छोरा विराज सहित सानो बाबु । यो एक नियतिको खेल हो भन्नु बाहेक हामीसंग के नै बांकी रह््यो र ? फेरि पनि मलाई गर्व छ मेरो मित्र रबीन्द्रले गणतन्त्रकालागि शंखनाद गर्यो । हामीसंगै पारसका विरुद्ध नारायहिटी अघि खडा भयौं । त्यसकै सिलसिलमा सामन्तवादको जुवा समाप्त भयो । मित्र तिमी कास्केली जनताको आंखा बन्न सफल भयौ । नेपाली राजनीतिमा एक नडामिएका निश्कलंक छबि बनेर हाम्रो समेत गौरब बढायौै ।

अहिले म निशव्द छु मित्र रवीन्द्रजी । तर लेख्न धेरै मन छ । अहिले के लेख्ने के लेख्ने भन्ने द्धिविधामा छु । त्यसमाथि छोटो अवधिको मिठो मित्रता युवराज दाहालले यसरी चांडै छोड्लान भन्ने त कल्पना पनि थिएन । प्रिय छिरिंग दाईलाई अर्को दश वर्ष जिस्क्याइरहुंला भन्ने कति ठूलो गुनासो सदाका लागि रहिरहने भयो । तर पनि छिरिंग दाईले पर्यटन क्ष्ँेत्रमा नेपाललाई एउटा मानक दिएर मात्र छाडेनौं सधैंभर लो प्रोफाइलमा बसेर हाइप्रोफाइल काम गर्न कहिल्यै चुकेनौं ।

https://www.youtube.com/watch?v=9fttJquJFxE
तसर्थ, आगामी दिनलाई सुन्दर बनाउने जिम्मा नियतीले छाडेका जिवित आत्माहरुकै हो । सबैले गम्भीरतापूवक सोचौं । विद्याजी मन दरो बनाउनुस् । रवीन्द्रजीले छाडेको अधुरो काम मुटुमाथि ढुंगा राखेर भए पनि पूरा गर्नै पर्दछ । सम्भवत रवीन्द्रकाप्रतिको मृत्युको निष्ठुरताको बदला तपाईले लिनु पर्ने पनि हुन सक्छ । त्यसका लागि तपाईं सदा तयार रहनै पर्दछ । चुनौति सामना गर्नु र स्वीकार गर्नु जस्तो ठूलो कुरा अरु केही नभएको चाणक्यको सर्वथा उम्दा नीति र उपदेश हो । यो मिथ मात्र होइन । तेइस वर्ष पहिलेको प्रमाणिक ग्रन्थ कौटिल्यको अर्थशास्त्रको सार हो । मित्र रवीन्द्रजी अल विदा ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group