हामी हिँड्ने गोरेटोमा आउने मोड र घुम्तिहरू,
सधैँ प्रकाशित र प्रज्वलित अनि उज्यालो हुँदैनन् ।
औँशीका रात पनि हुन्छन् कालो चस्मा उनेको,
बत्ती म बालिदिउँला अन्धकार समयले बुनेको।
सहयात्री बन्छौ भने तिमी यात्रामा सङ्गै हिँड्नेछु,
तिमीलाई गाह्रो साह्रो पर्दा मेरो काँधैमा बोक्नेछु।
समाजको तिरस्कारलाई कसम् प्रतिकार म गर्नेछु,
पुछिएको उजाड सिउँदोमा मेरो नामको रङ्ग भर्नेछु।
सेतो खुइलिएको सारीमा झिलझिले बुट्टा हाल्नेछु,
हातका खाली नारीहरूमा चुरा र बाला बजाउनेछु।
निस्तिएका ओठमा गुलाबी लाली पोती सजाउनेछु,
औँकातले भ्याएसम्म तिमीलाई गहनाले ढाक्नेछु।
नारी दिवसको उपहार मेरो माया मनैको तिमीलाई,
नयाँ जिवन सुरु गर म छु नि के को डर तिमीलाई।
परेली झिम्काइ हुन्छ,भन जुनीजुनीको साथ तिमीलाई।
सुनन प्रिय : अन्तिम साससम्म यो तन मन धन तिमीलाई।
प्रतिक्रिया दिनुहोस्