ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी सम्मेलन २०७५ : सरकारी क्षेत्रबाट ५० वटा र निजी क्षेत्रबाट १८ वटा आयोजनालाई प्रोजेक्ट बैंकका रुपमा राख्ने


एबीसी न्यूज
११ चैत्र २०७५, सोमबार   १२ : ०६   बजे


काठमाडौँ , ११ चैत । आगामी चैत १५ र १६ गते काठमाडौंमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनका लागि लगानी बोर्डले सरकारी क्षेत्रबाट ५० वटा र निजी क्षेत्रबाट १८ वटा आयोजनालाई प्रोजेक्ट बैंकका रुपमा राख्ने भएको छ।

लगानी सम्मेलनमा मुख्यतया यिनै आयोजनाहरुमा आधारित भएर सरकारले विदेशी लगानीका लागि आह्वान गर्न लागेको हो। सरकारी क्षेत्रबाट छनोट भएका आयोजनाहरुमा पनि पर्यटन क्षेत्रका ९ वटा आयोजना रहेका छन्।

विदेशी लगानीकर्ताले नेपालका कुन आयोजनामा लगानी गर्ने भनेर अन्योल नहोस् भन्ने उद्देश्यले प्रोजेक्ट बैंक तयार पारिएको लगानी बोर्डको कार्यालयले जनाएको छ। लगानी सम्मेलनमा आउने लगानीकर्ताहरुले यी आयोजनाहरुका बारेमा विस्तृत जानकारी पाउने छन् भने उपयुक्त ठानेमा लगानीका लागि सम्मेलनमार्फत नै प्रतिवद्धता जनाउनेसमेत अपेक्षा गरिएको छ।

पर्यटन पूर्वाधार विकासमा सरकारले अगाडि सारेको एउटा आयोजना हो ‘दमौली मल्टिपर्पोज आयोजना’। यो आयोजना तनहुँ जिल्लामा रहने छ। यो परियोजना जलाधार पर्यटनसँग जोडिएको छ। यो परियोजना पिपिपी मोडलमा सञ्चालन गर्न सरकारले लगानीको लागि प्रस्ताव गर्न लागको हो। यो परियोजनाको कुल लागत ५५ मिलियन अमेरिकी डलर रहने छ।

यसैगरी दोलखा फिल्म सिटी परियोजना पनि सरकाले अगाडि बढाएको छ। यसको लागत २ अर्ब ७५ करोड रहने छ।

साथै लुम्बिनी स्मार्ट सिटी परियोजना पनि तय भएको छ। यसको लगानी ४ अर्ब २९ करोड रहेको छ। साथै शे–फोक्सुन्डो रिसोर्ट निर्माणका लागि सरकारले ११ अर्बको लगानी प्रस्ताव माग गर्ने भएको छ।

जानकी क्षेत्र विशेष आयोजनाको लागि २ अर्ब २० करोड र तालतलैया पर्यटन विकास पूर्वाधार निर्माणका लागि ४ अर्ब ५१ करोड रुपैयाँको लगानी प्रस्ताव सम्मेलनमा गर्ने सरकारको तयारी छ।

यसैगरी स्की रिसोर्ट मनाङ निर्माणका लागि पनि ११ अर्ब रुपैयाँको प्रस्ताव लगानी सम्मेलन गर्ने सरकारको तयारी छ। यसैगरी सरकारले धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि २८ अर्ब ३८ करोड रुपैयाँको प्रस्ताव अगाडि बढाउन लागेको छ।

यसैगरी, विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि ४० अर्ब ४ करोड रुपैयाँको प्रस्ताव सम्मेलनमा सहभागी लगानीकर्तामाझ प्रस्तुत गर्ने भएको छ। यसैगरी खप्तड पर्यटन विकासका लागि पनि सरकारले १ सय ८७ मिलियन रुपैयाँको लगानीको लागि प्रस्ताव गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group