ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचनाप्रविधिमैत्री बन्दै जिल्ला प्रशासन कार्यालय


admin
१८ चैत्र २०७५, सोमबार   २ : ३४   बजे

काठमाडौं,१८ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचनाप्रविधिमैत्री सेवा प्रवाह बनाउँदै लगेको छ । प्रशासन कार्यालयले सेवा प्रवाहको कामलाई कागजविहीन बनाउने उद्देश्यका साथ सर्वसाधारणका काम अधिकतम प्रविधिमय बनाउँदै लगेको हो । 

कार्यालयले फारामदेखि नागरिकता सम्बन्धी सम्पूर्ण काम प्रविधिमा लगेको छ भने अन्य काम पनि प्रविधिमा लैजाने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सर्वसाधारणलाई सहजरुपमा सेवा प्रवाह गर्न प्रविधि प्रयोगलाई प्राथमिकतामा राखिएको बताउनुभयो । 

प्रविधिको प्रयोग गदै प्रशासन कार्यालयले कुनै कामका लागि आवश्यक फाराम कार्यालयले वेवसाइटबाट नै उपलब्ध गराउने गर्दछ । राहदानीको सबै काम अनलाइनमार्फत हुनेगर्दछ । राहदानी बने नबनेको र लिन आउने समय समेत कार्यालयको वेवसाइटमा राख्ने गरिएको छ । 
प्रजिअ आचार्यले कुनै जिल्लाको नागरिकता सक्कली हो वा होइन भन्नका लागि यहीँबाट नै परीक्षण गर्ने प्रणाली यहाँ रहेको बताउनुभयो । उहाँले सबै विवरण एउटै सफ्टवेयरमा रहने गरी काम भइरहेको जानकारी गराउनुभयो । 

अहिले प्रशासन कार्यालयले नागरिकताका सम्पूर्ण अनुसूचीको रेकर्ड राख्नका लागि सफ्टवेयरको विकास गरिरहेको छ । उहाँले वडा कार्यालयबाट सिफारिस भएका सबै विवरणलाई स्क्यान गरी सफ्टवेयरमा राखिने बताउनुभयो । सहायक जिल्ला प्रमुख अधिकारी विनोदकुमार खड्काका अनुसार गृहमन्त्रालयसंग समन्वय गरेर उक्त सफ्टवेयरबाट चाँडै नै काम गर्ने तयारी छ । 

‘‘व्यक्तिको विवरण पटक÷पटक ढड्डाबाट पल्टाउँदा च्यातिने डर हुन्छ’’ उहाँले भन्नुभयो, ‘‘त्यसैले सिटिजनसिप म्यानेजमेन्ट इन्फरमेशन सिस्टमबाट व्यक्तिको नागरिकता सम्बन्धी सबै विवरण राख्ने तयारीमा रहेका छौ ।’’ उक्त प्रणालीमा जन्म दर्तादेखि नारिकता सिफारिससम्मका सबै विवरण हुनेछ । सर्वसाधारणलाई दैनिक कार्यालयका सूचनाबारे जानकारी गराउन ठूलो स्क्रिन सहितको बोर्ड राखेको छ । उक्त स्क्रिनमा कार्यालयका सबै सूचना हुने गर्दछन् । 

यस्तै कार्यालयले नागरिक बडापत्रलाई समेत डिजिटलाइज्ड गरेको छ । कुन सेवा कुन कोठामा पाइन्छ भनेर उक्त नागरिकपत्रको डिजिटलाइज्डबाट सेवाग्राहीले जानकारी लिनसक्ने छन् । सूचनाप्रविधिबाट सेवा दिन थालिएपछि कार्यालयमा भीड समेत हुन छाडेको उहाँले बताउनुभयो । 

यस्तै कार्यालयले सेवाप्रवाहलाई चुस्त बनाउनका लागि टोकन प्रणाली समेत शुरु गर्न थालेको छ । टोकन प्रणालीबाट सेवाग्राहीले लाइन लाग्ने झण्झट हट्ने र स्क्रिनमा कुन सेवाग्राहीको कति बेला पालो आयो भनेर जानकारी दिइने गरिन्छ । प्रजिअ आचार्यले चाँडै नै टोकन प्रणालीलाई व्यवस्थित रुपमा सञ्चालन गरिने जानकारी गराउनुभयो । 

यस्तै प्रशासन कार्यालयले दैनिक रुपमा सर्वसाधारणका गुनासोलाई सम्बोधन गर्ने गरेको छ । सेवा लिन आएका सेवाग्राहीका दैनिक गुनासोलाई साँझ प्रजिअको अध्यक्षतामा बैठक बसेर गुनासो सम्बोधन गर्ने गरेको सूचना अधिकारी समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । 

‘‘कुन शाखामा सेवाग्राहीको के गुनासो आयो, हामी साँझ बसेर त्यस्ता गुनासोलाई समाधान गर्दछौ’’ उहाँले भन्नुभयो, ‘‘अर्को दिन सेवाग्राहीका समाधान गरेका गुनासोलाई जानकारी गराउदछौ ।’’ कार्यालयबाट दैनिक १५० नागरिकता, सय राहदानी, २० वटा सङ्घ संस्था दर्ता हुने गरेका बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group