ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरुले बिर्सेको ‘चैत्र २४’ [भिडियो सहित]


sharan sharan
२५ चैत्र २०७५, सोमबार   ९ : ४१   बजे

बुटवल, २५ चैत्र ।
कुनै पनि देशको राजनीतिक परिवर्तनमा बिशेष बिशेष दिनका बिशेष बिशेष महत्व रहेका हुन्छन् । राजनितीक आन्दोलनका प्रमुख दिनहलाई ती देशहरुले पर्वकारुपमा पनि मनाउने गर्दछन् । नेपालमा पनि राजनीतिक परिवर्तनका केहि दिनहरुलाई राजनितीकदलहरुले पर्वका रुपमै मनाउने गरेकाछन् । तर समय बित्दै जांदा नेपालको राजनितीक परिवर्तनको निर्णायक चैत्र २४ लाई भने यसवर्ष देखि दलहरुले आफ्नो विज्ञप्तीमा समेत समेटन सकेनन् ।
चैत २४ गते । ३० वर्षे निरंकुश पंचायती ब्यवस्थाको अन्त्य र बहुदलिय ब्यवस्थामा लागि २०४६ सालमा गरिएको आन्दोलनको उत्कर्षको दिन हो । संयुक्त बाममोर्चा नेपाली कांग्रेसको नेतृत्वमा फागुन ७ गतदेखि भैरहेको जनआन्दोलनकै बीचमा तत्कालिन संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको आह्वानमा चैत २४ मा नेपाल बन्द आयोजना गरिएको थियो । यही दिन काठमाडौंको सडकमा लाखौं जनता पञ्चायती शासक विरुद्ध जुरुक्कै उठेका थिए । लगातारको आन्दोलन र जुलुसलाई थाम्न नसकेर राजा बिरेन्द्रले दलमाथिको प्रतिबन्ध फुकाउने घोषणा गरेका थिए । एक दलिय पंचायती ब्यवस्थामा प्रतिबन्धीत दलहरुको प्रतिबन्ध फुकाउने राजाको घोषणामा बाममोर्चा र कांग्रेसले स्वागत गरेपनि संयुक्त राष्ट्रिय जनआन्दोलन समितीले असहमती जनाउंदै पुर्ण राजनीतिक स्वतन्त्रताको मागसहित लाखौं जनता राजदरबार घेर्न गएका थिए । दलमाथीको प्रतिबन्ध मात्र फुकाएर निर्दलीयबाट बहुदलिय पञ्चायती ब्यवस्था कायम गर्ने राजाको निर्णय मान्न जनता तयार नभएपछि राजा बिरेन्द्र बाध्य भएर चैत्र २६ गते राति पंचायती ब्यवस्थाको अन्त्य गर्दै राजनीतिक स्वतन्त्रता सहितको बहुदलिय ब्यवस्थाको घोषणा गर्न बाध्य भएका थिए ।
हो, आजका दिनलाई अघिल्लो बर्षसम्म तत्कालीन माओबादी सहितका बाम दलहरुले जनआन्दोलन दिवसका रुपमा मनाउंदै आएका थिए । चैत २४, २०६२÷६३ को आन्दोलनको पहिलो दिन पनि हो । यसर्थ, तत्कालिन एमालेले समेत चैत २४ को योगदानलाई स्मरण गर्दै आएको थियो । तर पार्टी एकीकरण गर्दै ठुलो पार्टी बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले यस वर्षदेखि लोकतान्त्रीक आन्दोलनमा ठुलो योगदान गरेको चैत्र २४ लाई बिज्ञप्ती निकालेर स्मरण गर्न समेत आवश्यक सम्झेन ।
पटक पटकको आन्दोलनमा सरिक तत्कालिन एमालेका नेता तथा प्रदेश नम्बर ५ का नेकपाका प्रदेशसभा सदस्य कमलप्रसाद श्रेष्ठले त नेपालमा धेरै पटक आन्दोलन भैरहने भएकाले सम्झन नसकेको भन्न समेत भ्याए ।
चैत २४ को योगदानलाई आफ्नै पार्टीका नेताहरुले बिर्सेकोमा कार्यकर्ताहरु भने चिन्तित बनेकाछन् । पंचायतलाई पुर्णरुपमा ढाल्ने निर्णायक दिनलाई विज्ञप्तीबाट समेत नसम्झिनु राम्रो पक्ष नभएको भनाई छ प्रदेश न्म्बर ५ प्रदेशसभामा नेकपाका सदस्य ईन्द्रप्रसाद खरेलको ।
आन्दोलनको उत्सर्गको दिन बिर्सने दलहरुले भोलि सहिदको रगत, पर्सि आन्दोलनको मर्म र त्यसपछि जनता नै बिर्से भने देशको अवस्था के होला ? एक पटक चैत्र २४ लाई फर्केर हेर्ने फुर्सद निकाल्न मिल्ला की ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group