ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीको सरकार एकातिर र पार्टीको कार्यकर्ता अर्कोतिर हुने स्थितिको अन्त्य हुनु पर्दछ ।


sharan sharan
९ बैशाख २०७६, सोमबार   १० : २५   बजे

बुटवल, ९ बैशाख ।
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पुग्दा नेपालीहरुले कम्युनिष्टहरुलाई २ तिहाई बहुमत सहित सरकारमा पु¥याएकाछन् । ६२ प्रतिशत भन्दा बढी जनताको समर्थनमा सरकारमा कम्युनिष्ट पार्टी पुगेपनि देशकै ठूलो पार्टी बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रियामा भएको ढिलासुस्तीले भने कार्यकर्तामा आशंका उत्पन्न गराईदिएको छ ।
आज २२ अप्रिल, अर्थात बिश्व सर्वहारा बर्गका नेता लेनीनको जन्मदिन् । नेपालका समाजबादीहरुले लेनीन कै जन्मदिनलाई आधार बनाएर भारतको कलकत्तामा आजकै दिन कम्युनिष्ट पार्टीको गठन गरेका थिए । पुष्पलाल श्रेष्ठको अगुवाईमा कम्युनिष्ट पार्टी गठनहुंदा नारायण बिलाश जोशी, नरबहादुर कर्माचार्य, निरन्जन गोबिन्दबैद्य आफैले हस्ताक्षर गरेका थिए भने मोतीदेबी श्रेष्ठले घोषणा पत्र सार्वजानीक हुने बेलामा हस्ताक्षर गरेकि थिईन् । १९४९ सेप्टेम्बर १५ मा कम्युनिष्ट पार्टीको घोषणा पत्र सार्वजानीक भएको थियो । नेपाली समाजबादी युवाहरुले गठन गरेको कम्युनिष्ट पार्टी गठन गरेको ७० वर्ष पुग्दा जनताले कम्युनिष्टहरुलाई २ तिहाई बहुमत सहित सरकारमा पु¥याईदिएका छन् । टुटफुट, बिग्रह, बिखण्डन र आत्मसमर्पणका हजारौं सृङ्लाहरु पार गर्दै कम्युनिष्टहरु बहुमतका साथ सरकारमा उपस्थित छन् । जनताले पनि कम्युनिष्टहरुले भने जस्तै संस्कारकारुपमा रहेको सामान्ती ब्यवस्थाको पुर्णरुपमा अन्त्य र जनताले जनतामाथि शासन गर्ने ब्यवस्थाको प्रतिक्षा गरिरहेको धेरै समेय बितेको छ । नेपालका दुई फरक फरक ध्रुवका दुई कम्युनिष्ट शक्तिका बिच एकता भएपछि नै नेपालको इतिहासमा भारी बहुमत सहित सरकारमा पुग्न सफल भएको हो भन्दा फरक पर्दैन । तर जनताले पार्टीलाई बहुमत दिएपनि पार्टीको आन्तरिक जिवनमा नेताहरुले आ आफ्नो बहुमत पु¥यानउने दाउमा एकता प्रक्रियालाइए ११ महिना लगाईदिएपछि भने कार्यकर्ताहरु सशंकित बनेका छन् ।
महिना लगाएर नेताहरुले पार्टीको एकता प्रक्रियालाई तुङ्गिएको बताए पनि कार्यकर्ताको मन भने अझै मिल्न बांकी नै रहेको देखिन्छ । सुरुमा एक ब्यक्त एक पदको अवधारणामा गएका नेताहरु ८ महिना पछि फेरी फर्केर पुरानै नेतृत्वलाई पहिलो र दोस्रो जिम्मेवारी सुम्पंदै एकता प्रक्रिया सम्पन्न भएको घोषणा गरेका छन् । ढिलो भएपनि एकता पछिको कार्यकर्ताको परिचालनलाई गति दिएर बिचमा कमजोर देखिएको उपस्थितीलाई बलियो बनाउनु पर्ने तर्क छ रुपन्देहीका पुराना कम्युनिष्ट नेता नेत्र पन्थीको ।
त्यसो त पार्टी एककिरण प्रक्रियालाई लम्बाईएकोमा कार्यकर्तामा निरासा रहेकै थियो, त्यसमा पनि सरकारले अगाडी सारेका कार्यक्रमहरुमा प्रतिपक्ष भन्दा पार्टी भित्रैबाट कडा ब्यंङ्गका स्वरहरु समेत सुनिन थालेको थियो । स्थानीय नेताहरु सहित केन्द्रका नेताहरुले जिम्मेवारी नपाउंदा बिरबलको खिचडी जस्तै गरि सरकारको बिरुद्ध शब्द जाल बनाउन पार्टी कै नेता कार्याकर्ता उद्देत देखिन्थे ।

काठमाण्डौमा पार्टी नेताहरुले एकताको सन्देश दिंदै आज टुङ्याएको एकता प्रक्रियाले पार्टी भित्रको संकट मोचन भएको तर्क गर्छन प्रदेश नम्बर ५ प्रदेशसभामा नेकपाका सभासद भोज प्रसाद श्रेष्ठ ।
आज कम्युनिष्ट पार्टीको स्थापना दिवस संगै बिश्व कम्युनिष्ट आन्दोलनका नेता लेनीनको जन्म जयन्ती पनि हो । आज पनि नेपाल लगायत सबै देशका कम्युनिष्टहरुले लेनीनको संगठनात्मक सिद्धान्तलाई पालना नै गरिरहेका छन् । संगठनमा जनबाद र केन्द्रियताको बैज्ञानीक परिभाष नै लेनीनको संगठनात्मक सिद्धान्त हो, तर,कार्यकर्ताले अधिकार खोज्दा अराजकता देख्ने र केन्द्रले नियमन गर्न खोज्दा तानाशाही बुझ्ने नेपाली कम्युनिष्टहरुले जनबादी केन्द्रियता भन्दै आफुले लेनीनबादी संगठनात्मक सिद्धान्त अपनाईरहेको गफ भने गरिरहेका हुन्छन् । कमा, फुलिस्टप र टिके पदको सुनिश्चिताका नाममा फुट्नु, टुट्नु र एकले अर्कालाई खुईल्याउने नेपाली कम्युनिष्टहरुले लेनीनको जन्म जयन्ती मनाईरहंदा लेनीनको सिद्धान्त परिपालना गर्ने प्रतिबद्धता मात्र जनाउने हो भने पनि पार्टीको एकताले बल नै पु¥याउने निश्चित छ । लेनीनले त श्रमजिवीहरु फुट्न होईन जुट्न सिकाएका थिए । जनबाद र केन्द्रियताको सन्तुलन पत्ता लगाएका थिए र संगठन र अनुशासनको सिद्धान्त प्रतिपादन गरेका थिए ।
लेनीनबादी संगठनात्मक सिद्धान्तलाई अंगिकार गर्न पार्टीका संरचनाहरु घटाउंदै लानुपर्ने तत्कालीन एमालेमा रुपन्देही अध्यक्ष समेत बनिसकेका सभासद श्रेष्ठ बताउंछन् ।
पार्टीको सरकार भएका बेला पार्टीको संगठनलाई बलियो बनाउने र सरकारले अगाडी सारेका जनहितका कार्यक्रहरुमा कार्यकर्ता परिचालन गर्न सकियो भने मात्र यस पटक जनताले दिएको समर्थन अर्को अर्को पटक पनि नेपाली कम्युनिष्टहरुले पाउन सक्ने छन् । पार्टीको सरकार एकातिर र पार्टीको कार्यकर्ता अर्कोतिर हुने स्थितीबाट बचाउन सबै कम्युनिष्ट नेता र कार्यकर्ताहरु सचेत बन्न सक्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

आर्कटिकमा खतरनाक खेल

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu