ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आम्दानी कम लगानी बढी भएपछि परिचय बदल्दै जुट कृषक


admin
२५ आश्विन २०७४, बुधबार   १२ : १६   बजे

पथरी, मोरङ, २५ असोज । मोरङको कटहरी–९ का भुपेन्द्र कार्कीले जुटखेती गर्न छोड्को करिब दुई वर्ष भयो ।

पाँच बिगाहामा जुट लगाउनुभएका कार्कीले लगानी बढी आम्दानी कम भएपछि जुट अर्थात (पट्वा) खेती लगाउन छाड्नु भएको हो । कार्की यतिबेला धानखेती गर्दै आउनुभएको छ ।

जुटखेतीमा आम्दानीभन्दा खर्च बढी भएपछि धानखेती गर्न थाल्नुभएको हो । यतिखेर उहाँलाई स्थानीय मानिस धान उत्पादक कृषक भनेर चिन्छन् । उहाँले भन्नुभयो, “आम्दानीभन्दा लगानी बढी छ, जुटखेती गरेर फाइदा हँुदैन के गर्नु ?

उहाँमात्र होइन मोरङको शिसवानी बडहराका महोनलाल महतोले पाँचवर्ष अघिसम्म नौ बिगाहा जमिनमा जुट अथवा (पट्वा) खेती गर्नुहुन्थ्यो । तर जुटखेतीबाट फाइदा नभएपछि उहाँले पनि धानखेती नै गर्न थाल्नुभयो ।

जुटले भाउ नपाउने, काम गर्ने मजदुरको अभाव, खर्चिलो खेती, लगानी बढी अम्दानी कम, यस्तै समस्याले उहाँले जुटखेती हटाउनुभयो । मोरङमा जुट प्रतिक्विन्टल रु पाँच हजारमा विक्री हुन्छ । उहाँले अहिले आठ बिगाहा नौ कट्ठामा धान र १० कट्ठामा जुटखेती गर्दै आउनुभएको छ ।

जुट उत्पादन गर्दै आएका किसानको परिचय बदलिएको छ । उहाँलाई जुट किसानभन्दा पनि धानखेती गर्ने किसान भनेर चिन्छन् । उहाँले भन्नुभयो, “बिना फाइदा जुटखेती गरेर के गर्ने ? मोरङमा एक हजार हेक्टरमा जुटखेती भएको जिल्ला कृषि विकास कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ ।

गतवर्ष एकहजार ७०० हेक्टर जुटखेती हुँदै आएको थियो । जुट उत्पादक कृषकलाई सरकारले प्रोत्साहन नगर्दा, जुट उत्पादनमा गिरावट आएको छ ।

जुट उत्पादनमा ह्रास आउनु र मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित आधा दर्जन जुट उद्योग बन्द हुनु राम्रो संकेत नभएको उद्योगी प्रकाश मुन्दडाको भनाइ छ । उहाँले भन्नुभयो, “जुटको व्यापारलाई सरकारले प्रोत्साहन नगरेसम्म उँभो लाग्दैन ।

यहाँका विराटनगर जुटमिल्स, नरेश राठीको गुहेश्वरी जुटमिल्स, त्रिभुवनमानसिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग बन्द भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu