ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली संगितमा जापानी नागरिकको आकर्षण बढ्दै (फोटो फिचर)


एबीसी न्यूज
६ जेष्ठ २०७६, सोमबार   १ : २४   बजे

इन्दिरा खनाल, टोकियो, जापान । मे २०, नेपाली समुदायको बाहुल्यता रहेको जापानको राजधानी टोक्योमा प्रत्येक हाप्ताजसो कार्यक्रम हुने गर्छन । कहिले अन्तर्क्रियात्मक त कहिले सांस्कृतीक कार्यक्रम । त्यस्तै आईतबार सांझ सांङगितिक सांझको आयोजना भयो । नेपालीले आयोजना गर्ने सांगितिक कार्यक्रममा नेपालको संस्कृती, परम्परा, रितिरिवाज र राजनितिक अवस्थाको बारेमा केन्द्रित हुने गर्दछन् ।

नेपाली समुदायलाई त देशको कला संस्कृती प्रति मोह र बचाउने दायित्व नै भयो । तर जापानमा भने नेपाली संगितमा जापानी नागरिकको आकर्षण बढ्दै गएको छ । नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा अतिथीको दिर्गामा नेपाली संगै जापानी पनि देखिन्छन् । स्टेजमा बराबर प्रर्स्तुती राख्छन । उनको प्रस्तुतीमा पनि नेपालीपन नै देखिन्छ । उनले गाउने गितका शब्द, लय,र संगितमा नेपाली कलाकारको भन्दा कम देखिदैन र नाच्नेको पनि कमी हुदैन् ।

आईतबार टोकियोको रोधिघरमा राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जापान शाखाले सांगितिक कार्यक्रम आयोजना गर्यो । प्रतिस्ठानको केन्द्रिय भवन निमार्णका लागि सहयोग गर्ने भन्दै कार्यक्रम गरिएको थियो । सोही कार्यक्रममा जापानी नागरिक आओई सानोले “पानको पात, नेपालको याद आउछ दिनको रात” भन्दै गित गाएर स्टेज तताईन । नेपाली कुर्ता र सुरुवालमा स्टेजमा पुगेकी उनले अतिथीदिर्गालाई समेत नाच्न र ताली बजाउन बाध्य पार्दै नेपाली समाजलाई नै चकित पारिन । व्यस्त जिवनलाई पन्छाउदै हतार हतार गर्दै थकित मुद्रामा पुगेका नेपालीलाई उनको प्रस्तुती र संगितले प्रफुल्ल बनाएको देखिन्थ्यो । आओईले प्रस्तुती सकाएर बिदा के माग्दै थिईन दर्शकले भने बिदा हुन दिएनन् । अर्को गित गाउन आग्रह गरे । दर्शकको उत्साहले हौसिएकी उनी कार्यक्रम संचालक संग थप समय माग्दै रेशम फिरिरी गीत गाउन तयार भइन । स्टेज तताईन र दर्शकलाई फेरी नचाईन । उनको प्रस्तुती सकिने बितिकै अर्की जापानी किशोरी हावा मल्ले जाउँ है रेलैमा भन्ने नेपाली गीतमा नृर्त्य गरिन र अरुलाई पनि नचाईन् ।

उनीहरुको प्रस्तुती र नृर्त्य मा व्यक्त भएका शब्दमा नेपालको संस्कृती नेपाल र नेपाली प्रतीको माया प्रष्ट देखिन्थ्यो । त्यही प्रस्तुतीलाई देखेर प्रतिस्ठानका सल्लाहाकार तिलक मल्लले जापान र नेपालको संकृतीलाई एक आपसमा नजिक बनाउने र सामिप्यता बढाउने विश्वास व्यक्त गरे । सांझ पर्दै थियो, सांगितिक माहोल तात्दै थियो । एकपछि अर्को नृर्त्य र प्रस्तुती भईरहेका थिए । हरेक प्रस्तुतीमा नेपालको माया, देशको अवस्था, बिदेशीनु परेको पीडा मात्रै देखिन्थ्यो । सोही क्रममा प्रमुख अतिथीको दिर्घाबाट बोल्दै ईश्वर गुरुङले संगितले गुजारा नचलेपछि विदेशीनु परेको बाध्यता सुनाए । “अहिले त केही सहज छ तर द्वन्दकालमा संगितलाई पेशा बनाउने बातावरण थिएन ।” त्यसैले विदेशिनु पर्यो, गुरुङले गुनासो पोखे । व्यानरको छेउमा नेपाली झन्डा फहराईरहेको थियो मन्चबाट “यो नेपाली शिर उचाली संसारमा लम्किन्छ, जुनकिरी झै ज्योतीबाली अन्धकारमा चम्किन्छ । , त्यसै गरि “जहाछन् बुद्धका आखा स्निक शान्त र शुन्दर, त्यहा छ शान्तिको क्षेत्र मेरो नेपाल मनमोहर ।” सालैजु, बासुरीको धुन” जस्ता राष्टिय भावले ओतपोर्त प्रस्तुतीहरु प्रस्तुत भइरहेका थिए । त्यसै विचमा कतिपय कलाकारले “लादमर्दो बनाई छाड्यौ नेपाली हु भन्न पनि” जस्ता गाथा र व्यथा समेटिएका प्रस्तुती पनि पस्केका थिए ।

सांझ ढल्किदै थियो, उता कलाकार गाउनमा व्यस्त, दर्शक नाच्नमा मस्त त कोही, नेपाली लसी र आलु चिप्स संगै संगितको आन्नद लिएकाे देखिन्थ्यो ।

माहोल हेर्दा कार्यक्रम अझै केही घण्टा लम्बिने देखिन्थ्यो । कार्यक्रम संचालकले औपचारीक कार्यक्रमलाई बिटमार्न खोज्दै थिए, प्रस्तुती राख्ने पनि बढदै थिए । यसै क्रममा अध्यक्षको आशनबाट उठ्दै युवराज आचार्यले प्रतिष्ठानको केन्द्रिय भवन निर्माणमा सांगितिक सांझले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले दर्शकले गरेको आर्थिक सहयोगलाई जस्ताको तस्तै केन्द्रमा पठाउने प्रतिवद्वता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu