ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकको नजरबाट प्रदेश ५ मा संघीय बजेट


sharan sharan
१६ जेष्ठ २०७६, बिहिबार   ३ : ३६   बजे

बुटवल, १६ जेठ /
अघिल्लो वर्ष प्रस्तुत गरिएको बजेटबाट खासै उत्साहित बन्न नसकेका नेपालीहरु यस वर्षको बजेटबाट भने केहि उत्साहित देखिएकाछन् । अघिल्लो वर्ष बजेट प्रस्तुत गरे लगत्तै अर्थमन्त्री युवराज खतिवडा पार्टी पङ्ती भित्र र बाहिरबाट समेत आलोचित बनेका थिए । अघिल्लो वर्षको आलोचनालाई चिर्दै यस वर्ष भने केहि लोकप्रिय कार्यक्रमहरु सहित खतिवडाले बजेट प्रस्तुत गरेकाछन् ।
३ वर्ष पहिला अर्थमन्त्रीका हैसियतले बजेट प्रस्तुत गर्दा बजेटको ठुलो हिस्सा बुटवल र लुम्बिनीमा परेको भन्दै तत्कालिन एमालेका तर्फबाट अर्थमन्त्री बनेका नेकपा महासचिव बिष्णु पौडेल निकै चर्चामा थिए । यस पटकको बजेटमा पनि रुपन्देही सहित ५ नम्बर प्रदेशले संघिय सरकारको उल्लेख्य बजेट हात पार्न सफल भएको छ ।
जेठ १५ गते संघिय सरकारका अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक बर्ष २०७६/०७७ को बजेटमा प्रदेश नम्बर ५ र त्यसको राजधानी रुपन्देही तथा आसपासका परियोजनामा उल्लेख्य बजेट बिनियोजन भएको छ ।
प्रस्तुत भएको बजेटमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि सबैभन्दा बढी बजेट बिनियोजन भएको छ । जसका लागि ३ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । पहिलो चरणको काम सम्पन्न गरी अन्तराष्ट्रिय उडान सुरु गर्नको लागि उक्त बजेट विनियोजन गरिएको हो ।
अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा तिलौराकोट, लुम्बिनी, देबदह र रामग्राम क्षेत्रलाई समेटी बृहत लुम्बिनी एकिकृत विकास गुरुयोजना तर्जुमाको लागि १ अर्ब बजेट विनियोजन गरिएको छ ।
यस संगै तिलोत्तमा नगरपालिकामा दुईसय विगाह जग्गा छुट्टयाई अगाडी बढाईएको बुटवल मेडिकल कलेजको गुरुयोजना निर्माणको लागि १० करोड बजेट विनियोजन गरिएको छ । बृहत बुटवलमा निर्माणाधिन अन्तराष्ट्रिय सम्मेलन केन्द्र र अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र लगायतका आयोजनाहरु बजेटको प्राथमिकतामा परेका योजनाहरु हुन ।
बजेटले सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभानमा सुरुङमार्ग निर्माणका लागि डिपीआर तयार गर्ने र कार्यप्रारम्भ गर्ने समेत कार्यका लागि एक अर्व रकमको ब्यवस्था गरेको छ । सरकारले प्रस्तुत गरेको बजेटले केहि आशाका किरण पलाएको रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष बोनीन पिया बताउंछन् ।
प्रस्तुत बजेटमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउदेश्यीय आयोजना, राप्ती कपिलबस्तु डाइभर्सन बहुउदेश्यीय आयोजना, ५ नंं प्रदेशमा नयाँ कृषि अनुसन्धान केन्द्र स्थापना, पाल्पा जिल्लामा मौसम मापन उपकरण (मौसमी राडार) जडान, ऐतिहासिक जितगढी किल्लाको संरक्षण, रुपन्देहीको मोतिपुर र बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र निर्माणकार्यमा तिब्रता तथा बुटवल बेलहिया र कोहलपुर जमुनाहलाई औद्योगिक कोरिडोरको रुपमा बिकास गर्ने योजना पनि बजेटमा समेटिएका छन् । बजेटमा धेरै आशाका कुराहरु भएपनि त्यसको कार्यान्वयनमा भने आशंका रहेको भनाई छ नेपालगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष दुर्गा प्रसाद भण्डारीको ।
त्यस्तै नवलपरासीको धौबादीबाट फलाम उत्पादन सुरु गरिने, भैरहवा र नेपालगन्जमा अन्तराष्ट्रिय चेकपोस्ट स्थापना, नौमुरे बहुउदेश्यीय आयोजना सुरु, बुटवल देखि गोरखपुर अन्तरदेशीय बिद्युत प्रशारण लाइन निर्माण, बुटवल नारायणगढ सडक खण्डको निर्माण कार्यमा तिब्रता दिदै पुर्व र पश्चिम खण्डको डिपिआर सम्पन्न गरि निर्माणकार्य आरम्भ गरिने उल्लेख गरिएको छ ।
बुटवल सिद्धर्थनगर र नेपालगन्ज कोहलपुरलाई मेघा सिटीमा बिकसीत गर्न गुरुयोजना बमोजिम पुर्वाधार निर्माणको कार्यलाई बजेटमा प्राथमिकता दिईएको छ । बाँकेमा विशेषगरी १० ठुला आयोजनालाई महत्वका साथ हेरिएको छ । यहाँका दुई ठुला शहर नेपालगन्ज र कोहलपुरलाई मेघा सिटीका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने बजेटमा समावेश गरिएको छ । त्यस्तै नेपालगन्ज भन्सारमा अन्तराष्ट्रियस्तरको एकिकृत भन्सार जाँच चौकी निर्माण गर्ने, भेरी अस्पतालको स्तरोन्नती, खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको पूर्ण सञ्चालन, नेपालगन्ज विमानस्थलको स्तरोन्नती, नेपालगन्ज–सुर्खेत रत्न राजमार्गलाई चार लेनको बनाउने र बुटवल–कोहलपुर रेलवे लाइन निर्माण अघि बढाउने गरी यी आयोजनालाई प्राथमिकतामा राखेरै सरकारले बजेटमार्फत सम्बोधन गरेको छ ।
सरकारले अघि सारेको बजेटलाई बिपक्षिदल कांग्रेस ५ नम्बर प्रदेशका नेता युवराज गिरीले पनि सकारात्मक भनेकाछन् । सपनाहरु बोकेको बजेट आएको टिप्पणी गर्दै गिरीले कार्यान्वयनमा भने धेरै आशंकाहरु रहेको बताउंछन् ।
यसवर्षको बजेटले सबै भन्दा बढी महिला र जेष्ठ नागरिकहरुलाई उत्साहित बनाएको छ । अघिल्लो वर्ष बृद्धभत्ता नबढाएको आलोचना खेपेका अर्थमन्त्रीले बृद्धबत्ता, एकल महिला भत्ता, स्कुले किशोरीहरुलाई सेनेटेशन प्याड जस्ता लोकप्रिय कार्यक्रम अगाडी सारेको बुटवलकी नागरिक अगुवा देबी वाग्ले बताउंछिन् ।
बजेट प्रस्तुत भएको केहि दिनसम्म राम्रो भएको प्रतिक्रिया आए पनि बजेट राम्रो भए नभएको वास्तबिक आंकलन भने त्यसको कार्यान्वयन पछिमात्र थाहा हुने छ । बजेट जस्कालागि बनाईएको हो त्यहि वर्ग सम्म पुग्न सकोस् हाम्रो पनि शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu