ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतृत्वको कार्यक्षमता र दुरदर्शी योजना नहुदा निगम व्यवसायीक क्षमता हासिल गर्न सकेन (भिडियोसहित)


एबीसी न्यूज
५ असार २०७६, बिहिबार   ८ : ४६   बजे

काठमाडौं, ५ असार ।  नेपाल वायुसेवा  निगमको स्पष्ट व्यवसायिक योजना नहुदा निगम निरन्तर घाटामा छ । व्यवसायिक योजनाबिनै निगमले वाइड बडी, न्यारो वडी जहाज खरिद गरे पनि निमग उठ्नै नसक्ने गरी थला पर्दै गएको छ ।

नेपाल वायुसेवा निगमसँग कुनै व्यवसायिक योजना नहुँदा दिनप्रतिदिन खस्कदो अवस्थामा छ । कुनै व्यवसायिक योजना विहिन् जहाज खरिद गर्दा होस अथवा व्यवस्थापकिय सुधार नहुदा निगम समस्याको चाङमा फस्दै गएको हो ।

नेतृत्वको कार्यक्षमता र दुरदर्शी योजना नहुदा निगम व्यवसायीक क्षमता हासिल गर्न सकेन । ६ दशक लामो इतिहास बोकेको निगम हालसम्म घाटाको विवरण सार्वजनिक गर्न बाध्य छ । एयर सेवा निजी क्षेत्र नाफामा चलिरहेको बेला सरकारी निगमको अवस्था भने निकै टीठ लाग्दो छ । निगमसँग घरेलु उडानका लागि ९ जहाज छन् । जस मध्ये सातवटा जहाज उडान गर्न सक्ने अवस्थामा छैनन् । २ वटाले उडान भरिरहेका छन् । पाइलट अभावको कारण जहाज उडाउन नसकिएको निगमको वाहाना छ ।

आन्तरिक व्यवस्थापन असक्षमताका कारण कयौँ पाइलट जिम्मेवारी विहिन जस्तै छन् । आन्तरिक उडानका सातवटा जहाज ग्राउन्डेड हुँदा निगमलाई दैनिक २१ लाख र मासिक ६ करोड ३० लाख घाटा बेहोर्न परेको छ । निगमले आजसम्म कुनै पनि व्यवसायिक योजना अघि सार्न सकेको छैन । जुन जोगी आएपनि कानै चिरेको भनेजस्तै निगमको नेतृत्वमा जो आएपनि निरन्तर घाटामा जाने गरेको छ । आन्तरिक उडानका लागि पाँच वर्ष अघि चीनबाट खरिद गरिएका ६ जहाज मध्ये ५ वटा जहाज ६ महिनादेखि थन्किएका छन् । कामदारको लागि भिडभाड हुने दुबईमा उडान बढाउनुपर्नेमा उल्टो घटाइएको छ ।

त्यस्तै कोरिया र जापानमा उडान भर्ने भनेर अहिलेसम्म पनि निगमको असक्षमताका कारण अहिलेसम्म पनि उडान सुचारु हुन सकेको छैन । निगम व्यवस्थापकको अकर्मण्यताका कारण जापानको नारिता उडान संचालन गर्नु पर्नेमा ओसाकामा उडान संचालन गर्नाले सेवामा प्रगति भएन । जापानको नारिता नेपालीहरुको सघन बस्ती क्षेत्र हो । जहाँ सेवा सुचारु भएको भए निगमले लाभ लिन सक्नेथियो । तर निगम डुबाउने निगम भित्रकै माफियाका कारण जापान उडानको बिचल्ली छ । तर निगमका जिम्मेवारहरु यो विषयमा सहमत छैनन् ।

भएका जहाज नचलेर थन्किएका छन् । पाइलट अभाव भनिरहेको छ निगम आफैँ । अझ आगामी दिनमा दुइवटा जहाज किन्ने योजना रहेको निगमको भनाइ छ । चलाउन नसकिने जहाज किन अर्बौ खर्च गरेर किन्नु पर्यो ? कुरा स्पष्ट छ । जहाज चलाएर नागरिकलाई सेवा सुविधा दिनुभन्दापनि आर्थिक दोहन गर्ने मुख्य रुपमा लिएको छ निगम नेतृत्वले । खैर जहाज खरिदलाई उसले भिजिट नेपाल ट्वान्टी ट्वान्टीको लागि पर्यटक भित्राउन भन्न छोडेको छैन ।

यता नेपाल वायुसेवा निगमले तीन दशकदेखि उडाइरहेको बोइङ ७५७ जहाज बिक्री गर्ने तयारी गरिरहेको छ । मर्मत गरेर उडाउनुभन्दा बेच्नु नै फाइदा भएकोले बेच्न लागेको निगम बताउँछ । तर अघिल्ला वर्षहरुमा कौडीको भाउमा जहाज बेचेर अनियमितता भएको नागरिक समाजको दावी छ ।

घरेलु होस या बाह्रय क्षेत्रमा निगम लगभग असफल जस्तै छ, मुलतः दुरदर्शी व्यवसायीक योजनाको अभावमा ६ दशकसम्म पनि विमानसेवा संचालनबाट नाफामा जानै सकेन ।

निगम नेतृत्व सधै विवादमा तानिदै आयो ।नेपालको ध्वजावहाक विमान सेवा जर्जर अवस्थमा गुज्रिदै गयो । नेपाल वायुसेवा निगममाथिको चरम राजनीति हस्तक्षेपले धराशायी बन्दै गएको हो । अन्त अदुरदर्शीको निगम नेतृत्वका साथै नीतिगत सुधारमा राज्य लाग्न नसके नेपाल वायु सेवा निगम मुलुक डुबाउने सेतो हात्तीमै थन्किने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group