ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘क्लिन फिड’ लागू हुने, के हो क्लीन फिड ? लागु भएमा नेपाललाई वाषिर्क दुई अर्ब फाइदा 


एबीसी न्यूज
१० असार २०७६, मंगलबार   ११ : ०२   बजे

काठमाडौँ, १० असार । टेलिभिजन च्यानलमा विज्ञापन रहित (क्लीन फिड) नीति लागू गरे प्रसारण नै बन्द गर्ने व्यवसायीको चेतावनीपछि पनि सरकार पहिलेको निर्णयबाट पछि नहट्ने भएको छ ।

सरकारको नीतिगत निर्णय भएका कारण पूर्व निर्धारित समय अनुसारनै क्लीन फिड लागू गर्ने तयारी रहेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन एक गतेबाट नै यो नीति कार्यान्वयनमा आउनेछ । स्वदेशी टेलिभिजन तथा विज्ञापन एजेन्सीलाई प्रोत्साहित गर्ने उद्देश्यसहित सरकारले गत वर्ष क्लीन फिडको प्रस्तावसहित आमसञ्चार नीति पारित गरेको थियो ।

विदेशी संस्कृतिको नकारात्मक प्रभाव रोक्न तथा स्वदेशी विज्ञापन बजारको विस्तारका लागि पनि नीति आवश्यक रहेको सरकारको ठहर थियो । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ मार्फत नै साउन एक गतेदेखि क्लीन फिड लागू हुने घोषणा पनि गरिसकेको थियो ।

क्लीन फिड नीति लागू गर्ने समय नजिकिदै गर्दा नेपाल केबल टेलिभिजन महासङ्घ, नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घ र डिस होम नेपालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै डीटीएच कम्पनी केवल टेलिभिजनबाट प्रसारण हुँदै आएका सबै किसिमका च्यानल २४ घन्टालाई बन्द गरेका छन् ।

नेपालमा ९५ प्रतिशत विदेशी च्यानल विज्ञापन सहितका रहेको अवस्थामा यहाँका लागि छुट्टै फिड उपलब्ध नरहेकोले विज्ञापनरहित च्यानल प्रसारण गर्न सम्भव नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै क्लीन फिड लागू भएमा उपभोक्ताले प्रसारित च्यानलको शुल्क भुक्तान पनि गर्न सक्ने अवस्था नरहने संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

यसअघि भारतीय प्रसारण फोरम (आईबीएफ)ले पनि नेपालमा तत्काल क्लीन फिड लागू गर्न सम्भव नभएकोले यसको मिति सार्नुपर्ने धारणासहितको विज्ञप्ति जारी गरेको थियो ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरुलाई विज्ञापन प्रसारण गर्न दिइनुपर्छ भन्दै संशोधन प्रस्ताव दर्ता गरेको छ ।

प्रतिनिधिसभामा विचाराधीन रहेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विधेयकको दफा ६ मा भनिएको छ, ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।’

‘विज्ञापनपछिको ‘रहित (क्लिन फिड) भन्ने शब्द हटाउनुपर्ने भन्दै राजपाका सांसदद्वय लक्ष्मणलाल कर्ण र एकवाल मियाँले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

राजपाको माग अनुसार त्यो शब्द हटाउनुको अर्थ हो– विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमहरुले डबिङ गरी प्रसारण गर्न पाउनु ।

विधेयकको दफा ६ को उपदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमहरुले डबिङ गरी प्रसारण गर्न नपाउने ब्यवस्था छ । यो उपदफा पनि पूरै हटाउन राजपा सांसदद्वय कर्ण र मियाँले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ०७४ साल साउन १ गतेदेखि ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको थियो । तर, नेपाली टेलिभिजन वितरक र भारतीय टेलिभिजन प्रसारकको दबावका कारण सरकारपछि हट्यो । ०७४ असार ३१ गते थप तयारीका लागि भन्दै सरकारले ‘क्लिन फिड’ लागू गर्ने निर्णय स्थगित गरेको थियो ।

विज्ञापनरहित टेलिभिजन च्यानलको अवधारणा नै ‘क्लीन फिड’ हो । यो अवधारणा अन्तर्गत दर्शकले टेलिभिजन च्यानलका ‘कन्टेन्ट’ बाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता हुँदैन ।

अहिले विदेशी च्यानलले नेपालमा निःशुल्क विज्ञापन प्रसारण गरिरहेका छन् । नयाँ विधेयक पारित भएमा विदेशी च्यानलहरुले नेपालमा त्यस्ता विज्ञापन प्रसारण गर्नका लागि शुल्क तिर्नुपर्ने हुन्छ ।

स्वदेशी विज्ञापनको बजार विस्तार गर्न नेपालमा यस्तो अवधारणा लागू गर्न लागिएको सरकारी पक्षको तर्क छ । तर, यसो गर्दा नेपालको विज्ञापनको बजार घट्न सक्ने भएकाले आफूहरुले संशोधन दर्ता गरेको राजपाका सांसद मियाँले अनलाइनखबरलाई बताए ।

नेपाललाई वाषिर्क दुई अर्ब फाइदा 

अहिले सरकारलाई वाषिर्क ७ लाख तिरेर विदेशी च्यानलहरु विज्ञापनसहित नेपालमा प्रसारण हुन सक्छन् । यही शुल्कबाट विदेशी टेलिभिजन सञ्चालकहरुले नेपालमा अर्बौंको विज्ञापन पनि देखाइरहेका छन् । यसलाई रोक्न र नेपालको विज्ञापनको बजारलाई व्यवस्थित एवं थप विस्तार गर्नका क्लिन फिडको व्यवस्था प्रभावकारी हुने सरकारी अधिकारीहरुको भनाइ छ ।

क्लिन फिड लागू भएको अवस्थामा नेपाललाई आर्थिक रुपमा र मुख्य गरी सांस्कृतिकरुपमा फाइदा हुने नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्र  कुमार रिजाल बताउँछन् ।

उनी भन्छन् ‘क्लिन फिड लागू हुदाँ नेपाललाई वाषिर्क दुई अर्ब जति फाइदा हुन्छ भन्ने हाम्रो अनुमान छ । अध्यक्ष रिजालले क्लिन फिड लागू गर्ने वा नगर्ने भन्ने विषय नेपालको राष्ट्रियता र नेपाली संस्कृतिसँग समेत जोडिएको बताए ।

क्लिन फिड लागू भएपछि विदेशी च्यालन हेर्नेको संख्या पनि घट्ने र नेपालका सञ्चारमाध्यममाथि कन्टेन्ट थप बलियो बनाएर जानुपर्ने चुनौती थपिने अध्यक्ष रिजालले बताएका छन् ।

के हो क्लीन फिड ?
विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा नै क्लीन फिड हो । यो अवधारणा अन्तर्गत दर्शकले टेलिभिजन च्यानलका ‘कन्टेन्ट’ बाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता हुँदैन । विदेशी च्यानलले नेपालमा निःशुल्क विज्ञापन प्रसारण गरिरहेको र दर्शकले पनि विदेशी विज्ञापन हेर्नुपरेको बाध्यतालाई अन्त्य गर्दै स्वदेशी विज्ञापनको बजार विस्तार गर्न नेपालमा पनि यस्तो अवधारणा लागू गर्ने तयारी सरकारले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group