ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजको समय सान्दर्भिक सम्पादकीय


ABC NEWS
१० असार २०७६, मंगलबार   १ : ४८   बजे

कान्तिपुर दैनिकको शिर्षकमा बहसमा रहेकोर वितरकहरुबाटै एककदम अघि बढेर एक्सनमा गएको क्लिन फिड नीतिका बारेमा सान्दर्भिक सम्पादकीय प्रकाशित गरेको छ । वास्तवमा ओली सरकारले शुरुमै कार्यान्वयन गर्नुपर्ने दायित्वको काम थियो–क्लिन फिड नीति।किनकि २०७३ साउन ७ को अन्तिम तत्कालीन केपी शर्मा ओलीको अन्तिम क्याविनेटले गरेको निर्णय थियो।हाल झण्डै दुईतिहाईको सकारको रहेकाबेला ओली सरकारले शुरुमानै यो नीति कार्यान्वय नगरेको भए मिडिया सेक्टरबाट यतिबढी आलोचना सहनुपर्ने थिएन।  संसदमा छलफलमै रहेका बेला वितरक हरुलेनै विज्ञापन सहितका विदेश च्यानल बन्द गरेर धेरै राम्रो काम गरेकाछन।यो कामलाई वितरकहरुले निरन्तरता दिनेछन् । भन्ने आशा छ।ु क्लिनफिड’ विरुद्ध अन क्लिनव्यवहार
सम्पादकीय
संसद्मा विचाराधीन विज्ञापन विधेयकको विरोध स्वरूप केबल टेलिभिजन व्यवसायीले सोमबार चौबीस घण्टाकालागि विदेशी च्यानल प्रसारण रोकिदिएका छन् ।विधेयक पारितभई ऐन बने सरकारले विदेशी विज्ञापन प्रसारण गर्न नपाइने(क्लिनफिड) व्यवस्था लागू गर्नसक्ने भएकाले उनीहरू त्यस विरुद्ध आन्दोलित भएका हुन् ।
सरकारसँग लेनदेनका लागि उपभोक्तालाई अँठ्याउने केबल टेलिभिजन व्यवसायीको योव्यवहार गैरकानुनी तथा गैर व्यावसायिक हो ।यसबाट च्यानलका ग्राहक बनिसकेका उपभोक्ता मारमा परेका छन् ।

विदेशी विज्ञापन देखाउन पाउनुपर्छ र नेपाली दर्शकले विदेशी विज्ञापन हेर्न शुल्क पनि तिर्नुपर्छ भन्ने यो प्रवृत्ति बजार मिचाहा हो ।उपभोक्ताले दुईदिन को सेवाको भुक्तानी गरिसकेका छन्, उनीहरूले तिरिसकेको मूल्यको सेवाबन्द गर्नु अनुचित हो ।शुल्क बुझेर सेवा रोक्नु उपभोक्ता अधिकार र कानुनको पनि हनन् हो ।

नेपालमा डेढ सय जति विदेशी च्यानल प्रसारित रहका छन् । विदेशी विज्ञापन बज्छ । सरकारले क्लिन फिड नीति ल्याउनुको अर्थ स्वदेशी विज्ञापनको प्रवर्द्धन र संवर्द्धन हो ।विज्ञापन समुदाय सहित सरोकारवालाहरूले पहिल्यै देखि यही माग गर्दै आएका छन् ।

विदेश र खासगरी भारतबाट प्रसारहुने विज्ञापनले यहाँको विज्ञापन बजार कमजोर पारिदिएको छ ।विशेषगरी बहुराष्ट्रियकम्पनीका विज्ञापनदाताहरूले भारती यच्यानल पूरापूर विज्ञापनसहित नेपालको बजार ढाक्न पाए नेपालमा बजार प्रवर्द्धन गर्दैनन् ।सरकारको दायित्व नेपाली सञ्चार माध्यमलाई अनुकूल व्यावसायिक वातावरण सुनिश्चित गरिदिने हो ।त्यस कारण उस लेल्याउन लागेको नीति स्वाभाविक थियो ।

विदेशी च्यानललाई स्वागतगर्नु को अर्थ विज्ञापनसहित होइन ।सञ्चार तथा मनोरञ्जनका सामग्रीसहित प्रसारित हुने विदेशी च्यानललाई देश भित्र स्थानीय विज्ञापन प्रयोग गर्न लगाउन यस्तो नीति मिडिया विकासकालागि आवश्यकहुन्छ ।क्लिन फिडले नेपालमै विज्ञापन उद्योगको विकासमा टेवापुर्‍याउँछ ।

विज्ञापन भन्नासाथ साधारण तया व्यापारिक वस्तुको बढाइचढाइ पूर्ण प्रचार सामग्री भनी बुझ्ने चलनछ ।खासमा विज्ञापन सन्देश मूलक सामग्री सञ्चारको माध्यम भएकाले सिर्जनात्मक, कलात्मक र सम्प्रेषणीय हुन्छ जसको प्रवर्द्धनले स्थानीय भाषा, शिल्प र सिर्जनालाई सहयोग पुर्‍याउँछ ।

नेपाली विज्ञापन बजार बलियो बनाउनु भनेको नेपाली मिडिया उद्यमको विकासलाई भर थेगदिनु हो ।त्यसले मिडियाका प्रसारण सामग्रीमा आन्तरिक प्रतिस्पर्धा र लगानीको अवसर बढाउँछ ।धेरै देशमा लागू भइसकेको यस्तो नीति नेपाल जस्तो देशको मिडियाका लागि पनि आवश्यकछ ।

विदेशी च्यानलमा हुने विज्ञापन प्रसारणलाई प्रायःदेशहरूले नियमन गर्छन् । केबल टेलिभिजन व्यवसायीहरूले स्थानीय विज्ञापन प्रयोगको स्वाभाविक र व्यावहारिक अभ्यासगर्न खोज्नुको सट्टा विदेशी च्यानलका मतियार हुन सजिलो मानेका छन् ।क्लिन फिड नीति लागूगर्नु पर्ने भए विदेशी च्यानललाई धेरै पैसातिर्नुपर्ने र त्यो पैसा उपभोक्ताबाट असुल गर्नुपर्ने उनीहरूको जिरहछ ।

खासमा उनीहरूको धारणा विदेशी च्यानलले नेपाली बजारलाई कम आँक्छ भन्ने मान्यतामा आधारित छ ।नेपाल सानो बजार भन्ने उनीहरूलाई लागेको छ ।करिब दुई अर्ब रुपैयाँको वार्षिक त्यस्तो विज्ञापन खासमा सानो बजार होइन ।उनीहरूका लागि होला भने पनि नेपालका लागि सानो होइन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group