कमरेड मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलनको एक अविष्मरणीय धरोहर हुनुहुन्छ । उहाको चिन्तन प्रणाली (त्यो प्रवृत्ति सोच्ने, विचार निर्माण गर्ने र नीति कार्यक्रम विकास गर्ने तरिका त्यसअनुसार आफूलाई ढाल्ने) प्रति सम्मान मात्र होइन, त्यसलाई आत्मसाथ गर्ने ठाउँमा हामी आइपुगेकै हौं । राजनीतिक परिर्वतनसँगै राजनीतिक स्थायित्व कसरी दिने, विकास र समृद्धिको आकांक्षा कसरी सम्बोधन गर्ने भन्दा यो एकता बाहेक अरु ठाउँ छैनौं भन्ने पायौं । यसको सबैभन्दा ठूलो प्रमाण मदनको अवसान भएकै दिन पार्टी एकता घोषणा गर्ने निष्कर्ष हो ।
म आज सबैलाई भन्न चाहन्छु, हामी अब कुनै आग्रहका साथ पछि हटेर होइन, कुनै पूर्वाग्रह समातेर होइन, मदन भण्डारीले जस्तै सबैखाले संकीर्णता र पूर्वाग्रहमाथि विजय हासिल गर्दै देश, काल, परिस्थितिले के माग गरेको छ भन्ने गहिरो आत्मसाथ गर्ने, मिल्ने सक्ने जति सबैलाई मिलाएर अगाडि बढ्ने र जनताको समृद्धिको आकांक्षालाई सम्वोधन गर्न अगाडि बढ्ने संकल्प नै उहाँबाट सिक्नुपर्ने प्रमुख कुरा हो भन्ने लाग्छ ।
म अर्को एउटा पाटो थोरै मात्र भन्न चाहन्छु, कमरेड मदन भण्डारीको अवसान रहस्यमय भयो । र, हामी प्रायः सबैलाई लाग्छ, उहाँको हत्या भएकै हो । त्यो कुनै दुर्घटना होइन, नियोजित हत्या हो भन्ने सबैलाई लागेको छ । तर, हामीले आजका मितिसम्म पनि त्यो हत्या नै हो र हत्यारो फलानो नै हो वा यो यो शक्ति हुन् भनेर किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौं ।
अहिले पनि हामी आम नेपाली जनतालाई लाग्छ, त्यो दुर्घटना होइन, त्यो अवसान एउटा भयानक डिजाइन अन्तरगत भएको हत्या हो । हामी सबै साँच्चै हत्यारा को हो भन्ने खोजीमा पनि लाग्छौं । यो विदेशी शक्ति हो कि, उ विदेशी शक्ति हो कि भने लाग्छ । देशभित्रको यो शक्ति र तत्व हो कि भन्ने लाग्छ । तर, नाम लिएर भन्न सक्ने स्थिति छैन ।
मैले कुन कुरामा जोड दिन चाहेको छु भने नेपालको इतिहासमा माथिल्लो स्तरका राजनीतिक हत्या, परिहत्याका लामो श्रृंखला छ । राणा शाहीको उदयदेखिको मात्र कुरा गर्ने हो भने पनि कोत पर्वदेखि थुप्रै हत्या प्रतिहत्याका घटना नेपाली समाजले देखेको छ ।
पछिल्लो चरणमा मदन भण्डारी र जीवराज आश्रितको जसरी अवसर भयो, त्यो रहस्यमय छ, नियोजित छ भनेर भनेका छौं । तर, मैले अघि नै भनें, किटेर भन्न सक्ने अवस्था छैन । कताकता, उहाँको गाडी चलाउने ड्राइभरको जसरी हत्या हुन गयो, त्यो पनि प्रमाण नष्ट पो हुन गयो कि भन्ने लाग्छ । उसलाई मात्र बचाइराख्न सकेको भए कुनै न कुनै दिन त्यो यर्थाथ बाहिर आउँथ्यो कि जस्तो लाग्छ । उसको पनि हत्या भयो ।
मेरो प्वाइन्ट कहाँ हो भने नेपालको इतिहासको हत्या परिहत्याहरुमा हत्याराहरु पत्ता लागेका छैनन् । र, हत्यारालाई जनसमक्ष ल्याएर, दोषी ठहर गरी कारबाही गरेर फेरि त्यस्ता घटना रोक्ने प्रयासमा हामी सफल छैनौं । अहिले पनि छैनौं ।
हत्यारा पत्ता सकिएन
मदन भण्डारी–जीवराज आश्रिमको भयानक हत्याकाण्डपछि दरबार हत्याकाण्ड भयो । त्यो अर्को भयानक हत्याकाण्ड । त्यसको पनि यसैले नै हो भन्न सक्ने ठाउँमा छैनौं । मैले पहिलो पटक प्रधानमन्त्री हुँदा नारायणहिटी अगाडि उभिएर भनें, (हत्यारा) पत्ता लगाई छोडिन्छ तर‘ । पत्ता लगाउन सकिएन ।
कहिलेकाँही अनौठो लाग्छ, केले दिँदैन हामीलाई रु जनताले नदिएको त पक्कै होइन । हामी अहिले त सरकारमा पनि छौं । सरकारको नेतृत्व गरेका छौं । तर, भन्न सक्ने ठाउँमा कहिँ न कहिँ छैनौं । बरु यसलाई त्यसैत्यसै ढिलो हुन दिउँ, आफैं ठीक हुन्छ भन्ने जस्तो अवस्था छ ।
यो सन्दर्भमा मेरो प्वाइन्ट कता हो भने मदन भण्डारीको त्यो रहस्यमय अवसान किन भयो र भोलि त्यस्तै हुँदैन भन्ने कुरा ग्यारेन्टी हामीले किन गर्न सकिरहेको छैनौं ? मदन भण्डारीप्रति प्रतिक्रियावादीहरु बढी नै सशंकित, आतंकित थिए । मदन भण्डारी बाँचिराख्यो भने त यसले नेपाल खाने भयो भन्ने भय थियो भन्ने सिद्धान्ततः बुझ्न गाह्रो छैन । मोटामोटी हिसाव त्यही हो । किनभने, खुलामञ्चमा उभिएर राजा र सामन्तवादका प्रतिनिधिहरुलाई चोरआंैला ठड्याएर ‘हिम्मत छ भने श्रीपेच फुकालेर मैदानमा आऊ’ भन्न सक्ने, लाखौं जनतालाई उद्देलित तुल्याउन सक्ने नेताको हैसियत मदन भण्डारीमा थियो ।
वैदेशिक प्रतिक्रियावादीहरुलाई पनि ठा–ठाडै लल्कार्न सक्ने, उनीहरुले बोलाउँदा मलाई फुर्सद छैन भन्न सक्ने नेता पनि हो । ठूला देशका नेताहरुले बोलाएर फकाई फुल्याई गर्दा मदनलाई मनाउन सकिन्छ कि भनेर सोच्दा फुर्सद भएपछि आउँला, अहिले मलाई फुर्सद छैन भन्ने हैसियत राख्ने नेता पनि हो । तपाई हामी यसलाई मदन भण्डारीको महानता ठान्छौं कि कमजोरी रु मलाई लाग्छ, हामी कसैले पनि यसलाई कमजोरी ठान्दैनौं । मदन भण्डारीको देशभक्ति, उद्देश्यप्रतिको निष्ठा र प्रक्रियाप्रतिको गर्व, दृष्टिकोण हो त्यो । त्यसअर्थमा उहाँ महान हुनुहुन्थ्यो भनेर भन्छौं ।
त्यसो हो भने कहिलेकाँही चिन्ता लाग्ने के हो भने आजभोलि हामी आफ्नो छाला बचाउन लाग्ने चिन्तामा त छैनौं रु अलि भाषा नरम गरेर, नरिसाउन् प्रतिक्रियावादी धेरै भन्नेतिर पो जान थालेका त छैनौं रु यो आरोप होइन, विचार गर्नुहोला । हामी त आजसम्म मारिएका त छैनौं । मदन कति वर्षमा रु ४०÷४२ । हामी त अहिले ६०÷६५÷६८ हुँदैछौं । जे होस् मारिएका छैनौं । मारिन पनि सक्छौं । यहाँ विचारणीय छ ।
एउटा, हामीले दोषी पत्ता लगाउन सकेका छैनौं, त्यसकारण फेरि त्यस्तो घटना दोहोरिँदैन भन्ने सुनिश्चितता गर्न सकेका छैनौं । अर्कोतिर फेरि नदोहोरियोस् भनेर छाला जोगाउन लाग्ने खतरा पैदा भएको छ । किनभने, दोषी पत्ता लगाएर त्यसलाई जनताको बीचमा ल्याउन सक्दा हामीले छाला जोगाउनु पर्दैन । नभए प्रश्न उठ्छ । यसबारे हामी घोत्लिन आवश्यक छ ।
फेरि पनि म मूल ठाउँमा जान चाहन्छु, मदन भण्डारी गतिशील, सिर्जनशील, समयकाल परिस्थितिलाई सुक्ष्म ढंगले विश्लेषण गर्ने र त्यसअनुसार नीति कार्यक्रम विकास गर्ने नेता । आग्रहमा टाँसिइराख्न नचाहने, पूर्वाग्रह नराख्ने । सबैको नेता हुन र मन जित्न सक्षम । जनतालाई आन्दोलित गर्न र प्रतिक्रियावादीमाथि तिखो प्रहार गर्न पनि त्यतिकै सक्षम ।
उहाँको सच्चा उत्तराधिकारी बन्नुपर्छ भन्ने सच्चा उद्देश्यका साथ हामीले असोज १७ मा चुनाव पनि मिलेर लड्छौं र पार्टी एकता पनि गरिछाड्छौं भनेर घोषणा गरेका हौं । जनता र आम कार्यकर्ताबाट अनुमोदित पनि भयो र हामीले मदन–जीवनकै स्मृति दिवसमा पार्टी एकता पनि ग¥यौं । यसको ऐतिहासिक अर्थ छ । मलाई लाग्छ, हामी हिजो दुई धारा अलग अलग हुँदाहुँदै एक ठाउँमा आयौं । १२ बुँदे, शान्ति सम्झौता, संविधान निर्माणमा सहकार्यमार्फत एक ठाउँमा आयौं, त्यसरी नै आयौं, जसरी मदन भण्डारी सांस्कृतिक मोर्चा, माले, एमाले हुँदै आउनुभयो । जसरी उहाँ विभिन्न नीति हुँदै जनताको बहुदलीय जनवादसम्म आउनुभयो । त्यसैले नै हामी पनि अब समाजवादको रणनीति अन्तरर्गत जनताको जनवाद हुँदै अगाडि बढ्छौं भनेर आयौं । यही यसको ऐतिहासिकता र मर्म हो ।
नेकपा सिद्धंदा सबै समाप्त
मलाई चिन्ता भएर पनि मैले अलि जोड गरेर भनिराखेको छु, यो कुरा तपाईहरु सबैले बुझिदिनु भएन भने ‘ । अब दुईटा नेताले मात्र बुझेर हुँदैन । हिजो त चुनावको बेला थियो, दुईटा नेताले एउटा घोषणा गरिदिएपछि ‘मिलेर चुनाव लड्ने, चुनाव जित्नुपर्छ’ भन्ने कुराले सहजरुपमा कुदायो । तर, अब पार्टी निर्माण, सरकारलाई सफल बनाउने, जनताका आकांक्षाहरुलाई सम्बोधन गर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिहरुलाई सन्तुलनमा राख्ने प्रक्रियामा सबैको समान बुझाई, चिन्ता र सामुहिक चिन्ता भएन भने दुईटा नेता असफल हुने खतरातिर जान सक्दैन भन्न सकिँदैन ।
हामी अलिकति पनि यो पार्टीलाई सुदृढ गर्ने, सरकारलाई सफल पार्ने, जनआकांक्षा सम्बोधन गर्न असफल भयो भयौं भने त्यो दुई नेताको मात्र, नेपाल कम्युनिस्ट पार्टीको मात्र असफलता हुने वाला छैन । योपटक हामीले साहस वा दुस्साहस जे ग¥यौं, हामीले पार्टी एकता ग¥यौं । यो असफल भयो भने कम्युनिस्ट आन्दोलन यही रुपमा अगाडि आउन शायदै सम्भव होला ।
बरु दुई पार्टी रहिरहेको भए एकले अर्कालाई दोष दिँदै कहिले को ठूलो, कहिले को ठूलो हुने सम्भावना थियो । अब त्यो पनि छैन । सिद्धियो भने दुबै एकचोटि‘ ।
नेकपा सकिए पनि कांग्रेस छँदैछ नि, कांग्रेसले लिड गर्ला भन्ने स्थिति पनि नेपालमा छैन । कांग्रेसले कम्युनिस्ट पार्टीमा झगडा भएर फुटिदिए हाम्रो पालो आउँथ्यो भन्ने सोच्दै नसोचे हुन्छ । यो सिस्टम पनि जाने र देशको एकता खतरामा पर्ने वाला छ ।
तपाईहरु ९कार्यकर्ताहरु० सबै आएर खत्तम छ नि भनेर सुनाइदिने ‘ तपाईहरुले धेरै गर्नुभयो भने हामी पनि मान्छे नै हो, दिमाग खराब हुन्छ । तपाईहरु राम्रो गर्नुस्, हामी छौं भनेर प्रेरित गर्ने हो भने फेरि पहाडै बोकेर हिँड्न पनि हामी तयार छौं ।
(२०७५ अससार १४ गते मबन भण्डारीको ६८ औं जन्मजन्यतीका अवसरमा व्यक्त विचारको सम्पादित अंश )
प्रतिक्रिया दिनुहोस्