ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाईक मात्र उठाउछ काठमाडौ महानगर फोहोर उठाउदैन (भिडियोसहित)


एबीसी न्यूज
१९ असार २०७६, बिहिबार   ११ : २४   बजे

काठमाडौं, १९ असोज । स्वच्छ सफा र हरित उपत्यकाको योजना सहित स्मार्ट सिटीको चार्चमा रहेको शहर हो, काठमाडौ ,आधुनिक र ब्यवस्थित काठमाडौको परिकल्पना हरेक जनप्रतिनिधिको नारा बन्दै आएको छ । ब्यवस्थित र स्मार्ट सिटीका परिकल्पना त निकै टाढाको कुरा हो, शहरको न्युनतम फोहोर ब्यवस्थापनमै काठमाडौको बिकास र समृद्धि अल्झिएको छ ।

स्मार्ट सिटीको चर्चा चलिरह“दा राजधानीमा भने नाक खुम्चाएर हिडुनु पर्ने नियती भोगिरहेका छन् सर्वसाधारण जनता । राजधानीको फोहोर व्यवस्थापनका लागि फोहोर पश्चातको सरसफाई भन्दा पनि फोहोर नै गर्न नदिने परिपाटी बिकास गर्नुपर्नेमा बिज्ञहरु सुझउ“छन् ।

मध्यरातमा पनि दिनको झल्को दिने शहर, ठुला ठुला बिजनेस मलहरु, मनोरञ्जनका लागि ब्यवस्थित पार्क, यात्राको सहजताका लागि मेट्रो र केवलकार अनि सफाचट सडकहरुको सुन्दरता । यो कुनै विकसित शहरको कहानी नभई हामीले परिकल्पना गर्ने काठमाडौं सिटिको सामान्य चित्रण मात्र हो ।

तर, अव्यवस्थित र फोहर काठमाडौंले यस्ता योजनाहरुलाई सपनामै सिमित बनाइदिएको छ । तर, पछिल्लो समय स्वच्छ, सफा र हरित अर्थतन्त्रसहितको विकसित शहर निर्माणका लागि विभिन्न योजनाहरु तय भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्मार्ट सिटी अर्थात् आधुनिक शहर निमार्णका लागि ट्राफिक व्यवस्थापन, सडक सफाई एवम् सडक चौडा अभियान , वृक्षारोपण, खानेपानी व्यवस्थापन लगायत फोहोर व्यवस्थापनसम्बन्धि कामहरु गरिरहेको महानगरपालिकाले बताउ“दै आएको छ । स्मार्ट सिटीको चर्चा चलिरहेको राजधानीका विभिन्न स्थानमा भने दुर्गन्धित फोहोरको समस्याले शहरलाई थप कुरुप बनाएको छ । यसको सबैभन्दा ठुलोमार आम सर्वसाधारण जनताले खेपिरहेका छन् ।

राजधानीका चोकै पिच्छे देखिने फोेहोरको द्धश्यले देशको पर्यटन क्षेत्रमा नकरात्मक असर पारिरहेको छ । सन्निकट बन्दै गरेको भ्रमण बर्ष २०२० लाई पनि यो द्धश्यले निकै हिन्नता बोध गराएको छ ।

देशमा २० लाख पर्यटक भित्राउने भनेर सरकारले जति झ्याली पिटेपनि यस्तै साना साना समस्याका जडले अभियानमै नकरात्मक असर पारिरहेको छ । प्रत्यक्षरुपमा मानवजीवनको स्वास्थ्यलाई नै प्रतिकुल असर पारिरहेको फोहर ब्यवस्थापनमा महानगरपालिकाले चासो र चिन्ता भने बढाउन थालेको छ । फोर ब्यवस्थापनमा, फोहरलाई मोहर बनाउ“ भन्ने अभियानपनि नआएका होइनन तर सामाजिक रुपमा चेतना बिस्तार गर्न नसकेपछि त्यस्ता कयौं अभियानहरु अभियानमै सिमित हुन पुगे ।

फोहोर गर्ने, अर्कोले उठाउनु पर्ने प्रचलनले गर्दा राज्यको जनशक्ति मात्र होईन धन र समयको पनि बर्वादि भएको बताउ“छिन फोहरमैला ब्यवस्थापन विज्ञ सुमित्रा अमात्य ।

चेतनाको कमी, व्यवस्थापनमा कमजोरी र स्पष्ट नीति नियम नहु“दा जथाभाबी फोहोर गर्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउन निकै मुस्किल परेको बिज्ञहरुको भनाई छ ।

राजधानीमा मात्रै ५० देखि ६० प्रतिशत कुहिने फोहर निस्किने गरेको छ । कृषि बजारमा मल अभाव भएर किसान रोइरह“दा पनि कुहिने फोहोरबाट मल बनाउन तर्फ सरकारको चासो पुग्न सकेको छैन । नुवाकोटको बन्चरे डा“डोलाई फोहोर व्यवस्थापनको दिर्घकालिन ल्याण्डफिल बनाउने योजना सरकारले ल्याएको थियो । तर, २०७३ मा सुरु भएको यो ल्याण्डफिलको सुरुवाति चरणको काम पनि सम्पन्न हुन सकेको छैन ।

जसले गर्दा केही वर्ष भित्रै हाम्रा घर आगन र बगैचानै डम्पीङ साइड बन्ने खतरा बढ्दै गएको छ । तसर्थ, सफा, स्वच्छ र हराभरा काठमाडौंै निमार्णका लागि सबैको साथ, सहयोग र पहल आवश्यक रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

देशकै प्रमुख प्रशाशकिय तथा पर्यटकिय नगरी भनेर काठमाडौंलाई चिन्ने गरिन्छ । धार्मिक, सा“स्कृतिक र प्राकृतिक सम्पदाको महत्व बोकेको काठमाडौंलाई फोहोरको भारी होइन स्वच्छताको भारी बोकाउनु आवश्यक छ । यसका लागि फोहर मात्र ब्यवस्थापन होइन, कि अब्यवस्थित मानसिकताको पनि ब्यवस्थापन हुनु पर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group