ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट नेता कार्यकर्ताको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नेहरुको होड (भिडियोसहित)


एबीसी न्यूज
२१ असार २०७६, शनिबार   १ : ४१   बजे

 

काठमाडौं, २१  असार  ।  विसं २०७४ असोज १७ गते तत्कालीन एमाले र माओवादीबीच चुनावी मोर्चाको विषयमा घोषणा भयो । चुनावी मोर्चामा सहकार्य शुभारम्भ भएको एमाले माओवादी अन्ततः पार्टी एकिकरणमा पुगेर नेपाल कम्युनिष्ट पार्टीको निर्माण भयो । एकिकरणपछि विभिन्न घटकमा रहेका कम्युनिष्ट नेता कार्यकर्ताको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नेहरुको होड नै चलेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना करिब ७० वर्ष लामो छ । तर २००६ सालदेखि २०७६ सम्म आइपुग्दा विभिन्न राजनीतिक आरोह र अवरोहको सामाना गर्दै कम्युनिष्टहरु बीच विभाजन मात्रै देखियो । यसको अन्तर्य विचार र दृष्टिकोण भन्दा पनि व्यक्ति इगो नै प्रधान रहदै आयो । ७ दशकको विभाजन टुटफुटले आक्रान्त कम्युनिष्ट आन्दोलन संविधान जारीपछि बिस्तारै एकिकरणको लयतिर लागेको पाइन्छ ।

विश्व कम्युनिष्ट आन्दोलनको सारभूत विषय भन्दा निषेधात्मक र जडसुत्रवादी चिन्तन र प्रवृत्तिले छिन्नभिन्न भएका कम्युनिष्टहरुलाई एउटै डालोमा राख्ने सजिलो पनि थिएन र छैन पनि । तर सही कार्यनीति दृष्टिकोण र राष्ट्रिय आवस्यकताको सिद्धान्तमूलक सुत्र खोजियो । त्यो सुत्रको प्रयोग २०७५ बैशाख ९ मा परिक्षण गरियो । जसले विभाजन र टुटफूट होइन, एकिकरण, एकता र एकजुट भन्ने भावनाको विकास ग¥यो । आन्तरिक वा बाह्य दबाव प्रभावको बाबजुद पनि नेकपाको पुर्नएकिकरण भएर दक्षिण एशियाकै ठूलो पाटी बनेको छ । तितरवितर कम्युनिष्ट घटकहरु कम्युनिष्ट मुल प्रवाहमा प्रवेश गर्ने लहर नै चलेको छ ।

राष्ट्रिय राजनीतिका दुइ ठूला कम्युनिष्ट पार्र्टीहरु तत्कालीन एमाले र माओवादी मुलुकको स्थायीत्व समृद्धिको शर्तमा २०७५ बैशाख ९ गते औपचारिक रुपमा एक भएका थिए । एकता नै बल हो, एकताबाट मात्रै मुुलुक र जनताको परिवर्तनको चाहानालाई व्यवहारिकरुपमा लागु गर्न सकिन्छ ।

यो राजनीतिकशास्त्रमा सत्य पनि हो । नेतृत्वले जोखिम मोलेर केही असंगति अमिल्दा सन्दर्भहरु हुदा हुदै पनि एकिकरण भयो । पार्टी एकिकरणपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) देशको सबै भन्दा ठूलो बहुमत प्राप्त दल बन्यो, नेपाल कम्युनिष्टको यो नयाँ नौलो परिघटना थियो । २०७४ को पहिलो संघीय निर्वाचनमा स्थानीय, प्रदेश र संघमा नेकपा अत्याधिक बहुमत प्राप्त गरि यतिबेला सत्ता संचालन गरिरहेको छ । लामो समयसम्मको कुशासन भ्रष्टाचार विसंगतिमा सुधार ल्याउन भने सत्तारुढ दल नेकपालाई हम्मेहम्मे छ । तर जनतासंग गरेको बाचा पुरा नगरी सुक्खै छैन । देशभित्र चरम असन्तुष्टि छन् । पार्टीभित्रै पनि नेतानेताहरुबीच असन्तुष्टि छ । जनसरोकारका धेरै समस्याको हल गर्नु पर्नेछ । समस्यै समस्याको पहाडलाई भत्काउन सत्तारुढ नेकपालाई कठिन छ । कठिनको बाबजुद पनि परिवर्तनको उदेश्य पुरा गर्न कम्युनिष्ट विचार र आस्था राख्नेहरुलाई नेकपाको छातामुनि गोलबन्द गर्नु पर्ने दायित्व पनि छ नेकपासंग ।

हुनत, नेकपाको अहिलेको अवस्था शक्तिशाली भएर पनि टिठलाग्दो छ । नेकपाले न त पार्टीलाई राम्रोगरी अघि बढाउन सकेको छ नत, जनअपेक्षाअनुसार सरकार संचालन गर्न नै । तैपनि, स्थानीय, प्रदेश र राष्ट्रिय हैसियत प्राप्त नेता कार्यकर्ता प्रवेशको लहर चलेकै छ । यसले नेकपाको आयात बढाउदै लगेको छ नै, नेकपाप्रतिको जनभरोशा समेत बढेको छ भन्ने बुझ्न कठिन छैन । जसको बढी विश्वास र भरोसा हुन्छ उसैको बढी आलोचना र गुनासो हुन्छ । यो समाशास्त्रीय नियम हो । यसर्थ विशाल नेकपाले आम नागरिकको गुनासा सुन्नै मात्रै होइन जनसरोकारका मुद्दालाई कार्यान्वयन गर्न लाग्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group