ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसरी मतदान गर्ने ?


admin
१२ असार २०७४, सोमबार   १ : ३८   बजे

काठमाडौ, १२ असार । असार १४ गते बुधबार बिहान ७ बजेदेखि सा“झ ५ बजेसम्म हुने स्थानीय तह दोस्रोे चरणको निर्वाचन तयारी पुरा भएको छ । सबै मतदान केन्द्रमा मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको हो । दोस्रो चराण बुधबार प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुदैछ । झन्डै दुई दशकपछि बैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भैसकेको छ ।

बुधबार प्रदेश नम्बर १, ५ र ७ अन्र्तगत ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउ“पालिका गरी ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुदैछ । तोस्रो चरणमा २ नम्बर प्रदेश अन्र्तगत ८ जिल्लाका १ सय २७ स्थानीय तहमा निर्वाचन हुने छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कुल मतदाता संख्या ६४ लाख ३२ हजार ७ सय ६८ छन् । स्थानीय निर्वाचनमा बदर मतको संख्या बढ्न सक्ने आशंका छ । जटिल प्रकारको मतपत्र भएका कारण मतदाताहरु झुक्किने सम्भावना छ । छिट्टै समयमा निर्वाचन गर्नुपर्ने बाध्यतको कारण दल र निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न सकेन । निर्वाचन आयोगले पनि सबै मतदातासम्म मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकेको अवस्था छैन, भने दहहरुको ध्यान त्यसतर्फ हुने कुरै भएन । यदपी आम नेपालीले बुधबार स्थानीय तहको निर्वाचनमा मतदान गर्नु अनिवार्य छ ।

असार १४ गते बुधबार दोस्रो चराणको चरणको स्थानीय तह निर्वाचनको समय नजिकिदै गर्दा मतदाताहरुमा भोट हाल्ने उत्साह बढेको छ । संगसंगै २० वर्ष पछि पहिलो पटक मदतान गर्नेदेखि पाका पु्स्तासम्म सहभागी हुने छन, निर्वाचनमा । तर, जटिल प्रकारको मतपत्र भएका कारण मतदानमा झुक्किने सम्भावना पनि त्यतिकै छ । स्थानिय तहको निर्वाचन मतपत्रको एउटै कोठाभित्र दुईवटा चुनाव चिन्ह छन, जसले मतदाताहरुलाई थप झुक्याउन सक्छ । छोटो समयमा निर्वाचन घोषणा गरिएकाले दलहरुले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न सकेनन् । निर्वाचन आयोगले पनि सबै मतदातासम्म मतदाता शिक्षालाई पु¥याउन सकेको देखिएन ।

जसका कारण धेरै मतपत्र बदर हुन सक्ने आशंका निर्वाचन आयोगको छ । मतदान गर्नुभन्दा पहिले मतदाताहरुले आफ्ना सँबन्धीत तहको प्रमुख उपप्रमुख, वडा अध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्य गरि ७ बटा चिन्हमा मदतान गर्नुपर्ने हुन्छ । मतदाताले आफ्नो नाम जुन वडाको मतदाता नामावलीमा छ, त्यही वडाको तोकिएको मतदान केन्द्रमा गएर मात्र मतदान गर्नुपर्छ । मतदान गर्न जा“दा मतदाता परिचयपत्र साथमा लैजानुपर्छ । यति कसैको मतदात परिभयपत्र हराएमा नेपाल सरकारको परिचय खुल्ने परिचयपत्रले पनि मतदान गर्न पाइने व्यवस्था छ । जसमा नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा, चालक अुमतिपत्र वा अन्य सरकारी परिचय पत्रले मदतानमा सहभागी हुन पाउने छन । यस पटक एउटै मतपत्रमा सात लहरमा निर्वाचन चिन्ह राखिएको छ ।

हरेक मतदाताले सात ठाउ“मा स्वस्तिक छाप लगाउनुपर्ने आयोगले बताएको छ । यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडा अध्यक्षका लागि हुने आयोगले जनाएको छ । त्यस्तै चौथो लहरमा महिला वडा सदस्य र पा“चौ लहरमा दलित महिला वडा सदस्यका लागि छाप लगाउनुपर्ने छ । पछिल्लो छैटौं र सातौं लहरमा भने खुल्ला वडा सदस्यका लागि छाप लगाउनुपर्ने छ । यसमा मतदाताको इच्छाले छैटौंमा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एक–एक वटा छाप लगाउन पनि सकिने आयोगले जनाएको छ ।

मतदानका लागि बुधबार विहान ७ बजेदेखि सा“झ ५ बजेसम्म मतदान गर्न सकिने छ । मतदान केन्द्रमा जा“दा बुढाबुढि, गर्भवती, असक्त र विरामीहरु लाइनमा बस्नु पर्ने छैन । तर, मतदाताले मतपत्र बदर हुने बारे पनि जानकारी राख्नुपर्छ । सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्रबाट मतदान गरेमा बदर हुन्छ । औंठाछाप लगाई वा तोकिएको छाप बाहेक अन्य छाप लगाएमा पनि बदर हुन्छ । उम्मेदवारले निर्वाचन चिन्ह रहेको कोठामा मत संकेत नगरी अन्यत्र गरेमा वा मत संकेत चिन्ह नबुझिने गरी लतपतिएको वा च्यातिएको भएमा पनि मत बदर हुन्छ । त्यसैगरी उम्मेदवार नरहेको निर्वाचन चिन्हमा संंकेत गरेमा वा निर्वाचित गर्नुपने संख्याभन्दा बढीमा संकेत गरेमा पनि मत बदर हुन्छ ।

त्यस्तै एक भन्दाबढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत संकेतको चिन्ह पर्ने गरी मत संकेत गरेमा वा मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिएमा अथवा कुनैपनि चिन्हमा मत संंकेत नगरेमा पनि मत बदर हुन्छ । साथै आयोगबाट निर्धारित मतपत्र बाहेक अन्य मतपत्रमा मतदान गरेमा वा मतपेटीकाभन्दा बाहिर राखेमा वा जाली मतपत्र प्रयोग गरेमा पनि मत बदर हुन्छ । त्यसैले मत बदर हु्नबाट ब“च्नुपर्छ र मतदान गर्दा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Chad Accuses Sudan of Deadly Airstrike Near Border

Federal Judge Faces Complaint Over Pro-Israel Advocacy And Alleged Bias

Nepalese Businesses Pledge Millions in Flood Relief Funds

Hidden Starches In Healthy Foods May Stall Weight Loss Efforts

Trump Pledges Aid to Nepal After Deadly Flash Floods

Iran Sets Conditions for Reopening Key Strait of Hormuz

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu