ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन तहको सरकारबीच समन्वय गर्न कानून बन्दै


एबीसी न्यूज
२ श्रावण २०७६, बिहिबार   ७ : १८   बजे

 

काठमाडौं, २ साउन । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित रुपमा समन्वयको प्रारुप र कार्यप्रणालीको प्रश्नावली बनाउने निर्णय गरेको छ ।

समितिको आजको बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको आधारमा तीन तहको सरकारबीच समन्वयको प्रारुप र कार्यप्रणालीबारे प्रश्नावली बनाउने निर्णय गरेको समितिका सभापति परशुराम मेघी गुरुङले जानकारी दिनुभयो ।

नेपालको संविधानले व्यवस्था गरेअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्धका विषयमा गहन छलफल गर्न जरुरी भएको र प्रदेशस्तरसम्म छलफल गर्नुपर्ने भएकाले तीन तहको सरकारको समन्वय कसरी गर्ने भन्ने विषयमा प्रश्नावली तयार गर्न लागिएको हो । समितिमा उक्त विधेयकमाथि बुधबारदेखि छलफल शुरु भएको छ ।

नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकारिता र सहअस्तिवको नयाँ व्यवस्था भएको हुनाले गहन छलफल र अध्ययन गरेर मात्र कानून बनाउनुपर्ने सुझाव दिनुभयो ।

नेपालको संविधानको धारा २३२ को उपधारा ९१० मा सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको आधारमा हुने व्यवस्था रहेको छ । सोही धाराको उपधारा ९२० मा राष्ट्रिय महत्वका तथा प्रदेशबीच समन्वय गर्नुपर्ने विषयमा संविधान र सङ्घीय कानूनबमोजिम सरकारले आवश्यक निर्देशन दिनसक्ने र त्यस्तो निर्देशन मान्नुपर्नेसम्बन्धी प्रदेश मन्त्रिपरिषद्को कर्तव्य हुने व्यवस्था रहेको छ ।

संविधानको धारा २३३ को उपधारा ९१० मा एक प्रदेशले अर्को प्रदेशको कानूनी व्यवस्था वा न्यायिक एवं प्रशासकीय निर्णय वा आदेशको कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । मुलुकले अङ्गीकार गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरणका लागि संविधानबमोजिम राज्य शक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहबाट हुने र तीनका सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयनको आधारमा व्यवस्थित गर्नुपर्ने भएकाले कानून बनाउनुपर्ने जरुरी भएको सो विधेयक आएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group