ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारी बजारमा आकस्मिक अनुगमन, १५ वटा तरकारी पसललाई कारबाहीका लागि सिफारिस ( भिडियोसहित)


एबीसी न्यूज
४ श्रावण २०७६, शनिबार   १० : ४१   बजे

काठमाडौं, ४ साउन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटी, बल्खुको तरकारी तथा फलफुल बजारको अनुगमन गरेको छ । तरकारीको मूल्य अस्वभाविक रुपमा बढाइएको गुनासोपछि शुक्रबार बिहान ३ बजे विभागले आकस्मिक अनुगमन गरेको हो । अनुगमनबाट तरकारी व्यवसायीलाई कारवाहीको सिफारिस गरेको छ ।

बल्खु र कालीमाटीको तरकारी तथा फलफूल बजारमा वाणिज्य विभागले आकस्मिक अनुगमन गरेको छ । शुक्रबार बिहान ३ बजे नै अनुगमन गर्न पुगेको विभागले कालीमाटीका ७ र बल्खुका ८ गरी १५ वटा तरकारी पसललाई अनुगमन टोलीले कारबाहीको लागि सिफारिस गरेको छ ।

बिलबिजकविनै कारोबार गरेको तथा बिचौलियको काम गरेको भेटिएपछि टोलीले कारवाही सिफारिस गरेको हो । किसानसंग तरकारी खरिद गरेको बिल बिजकबिनै बजारमा तरकारी तथा फलफूलको बिक्री वितरण भइरहेकाले कति मूल्य बढाइएको हो ? भन्ने यकिन गर्नै नसकिएको विभागको अनुगमनको टोलीले जनाएको छ ।

बाढी र पहिरोलाई कारण देखाउ“दै पछिल्लो केही दिनदेखि तरकारी तथा फलफूलको मूल्य एक्कासि बढाइएको छ । बिल बिजकबिनै बजारमा तरकारी तथा फलफूलको बिक्री वितरण भएकोप्रति कालमाटी र बल्खुका तरकारी व्यापारीहरु भने असन्तुष्ट छन् । उपभोक्ताहरु जहिले पनि हतारहतारमा हुने गर्दा पनि बिल काट्न नभ्याईएको भन्दै व्यापारीहरु टार्ने वाहाना गर्छन् ।

देशमा ठूला–ठूला घोटाला गर्नेहरुलाई कारबाही गर्न नसकेको र सामान्य तरकारी बेच्ने व्यापारीहरुले चाही गाँजा, चरेस नै बेचे झैं अनुगमन गरेको भन्दै व्यापारीहरु असन्तुष्टी पोख्छन् । तरकारी तथा फलफुल किसानदेखि ३, ४ चरण पछि मात्रै बजारसम्म आईपुग्ने हुँदा तरकारीको मूल्यमा वृद्धि हुने गरेको उनीहरुको भनाई छ ।

भारत लगायत विदेशबाट स्वदेश भित्र्याईने तरकारी तथा फलफुलमा विषादी परीक्षण स्थगन गरिएको छ । यसै गरी मनसुनी वर्षा पछि आएको बाढी पहिरोका कारण बजारमा तरकारी तथा फलफुल अभाव छ । अभावको बीचमा व्यापारीहरुले अस्वभाविक वृद्धि गरेपछिे विभागले जनाएको छ । तसर्थ, स्वदेश भित्रिने उत्पादनमा पनि विषादी परीक्षण हुनुपर्ने र स्वदेशमै उत्पादनको वातावरण बनाउनुपर्नेमा उपभोक्ताहरु जोड गर्छन् । सबै जसो नै गाउँघरमा खेती किसानी छोडेर काठमाडौं केन्द्रीत भएका कारण तरकारी तथा फलफुल उत्पादन कम तर माग अत्याधिक छ ।

पछिल्लो समय आएको बाढी र पहिरोका कारण तरकारी फलफूल बजारमा कम आयात भएको छ । कम आयातसंगै तरकारीको मूल्य महंगो भएको हो । तर, यही वाहानामा उपभोक्ताको ढाड सेक्ने व्यवसायीले बिल बिजकबिना नै बजारमा तरकारी तथा फलफुलको बिक्री गर्नु गलत छ । मुख्यतया उपभोक्तालाई स्वस्थ सस्तो तरकारी फलफूल विक्री गर्नु व्यवसायीको व्यवसायीक धर्म हो भने राज्यले पनि बजारमा हुने बदमासीको नियमन र अनुगमनलाई कडाई गर्दै राज्य भएको अनुभुति दिलाउन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group