ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन–नेपाल हवाई सम्झौता पुनरावलोकन, नेपाली वायुसेवा कम्पनीले चीनका १५ शहरमा उडान गर्न पाउने


एबीसी न्यूज
१० श्रावण २०७६, शुक्रबार   ३ : ०१   बजे


काठमाडौं, १० साउन । नेपाल र चीन सरकारबीच सात दिनमा ९८ उडान गर्ने पाउने गरी हवाई सम्झौता पुनरावलोकन भएको छ ।

जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७० उडानको सहमति भएको छ । पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत निर्माणाधीन थप विमानस्थलमा २८ वटा उडान गर्ने पाउने गरी सहमति भएको वार्तामा सहभागी पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिनुभएको छ ।

यसअघि सातामा ७० वटा उडान गर्न पाउने सहमति थियो । सन् २०१४ मा भएको नेपाल–चीनबीचको हवाई सम्झौता पुनरावलोक वार्ता हिजोदेखि चीनको बेइजिङमा शुरु भएको हो । सम्झौतामा नेपाली वायुसेवा कम्पनीले चीनका १५ शहरमा उडान गर्न पाउने भएका छन् । यसअघिको सम्झौतामा सात शहरमा मात्र उडान गर्न पाउने सम्झौता थियो ।

नेपाली वायुसेवा कम्पनीले चीन उडानमा अनुमति नपाए पनि चिनियाँ ५ वटा वायुसेवा कम्पनीले नेपाल उडान गरिरहेका छन् । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले पनि चीन उडानको तयारी गरिरहेका छन् । तर चीनले नेपाल वायुसेवा निगमलाई अनुमति दिँदा ‘सेफ्टी अडिट’ को विषय अघि सारेको छ । हिमालय एयरलाइन्सको सेफ्टी अडिट भने पास भइसकेको छ ।

वार्ताका लागि नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा एक टोली चीन गएको हो । टोलीलाई हवाई सम्झौता पुनरावलोकनका लागि मन्त्रिपरिषद्बाट समेत सहमति दिइएको थियो । चीनसँगको सन् २०१४ मा भएको सम्झौतामा नेपाल र चीनबीच सातामा ५६–५६ उडान गर्न सकिने उल्लेख थियो । यो सहमतिबाट बढाएर हाल सातामा ७० उडान पुर्‍याइएको थियो । अब भने यो संख्या उपत्यका बाहिर २८ समेत गरी सातामा ९८ उडान पुगेको छ ।

पछिल्लो समय मात्रै नेपाल एयरलाइन्सले चीनको गोन्जाओ उडानको तयारी गरेको थियो । तर, त्यसमा पनि चीनले नेपाल एयरलाइन्सको ‘सेफ्टी अडिट’ गर्नुपर्ने भन्दै उडानमा अनुमति दिएको छैन । सेफ्टी अडिटको प्रस्ताव गरेपछि नेपाल एयरलाइन्स पनि केही पछाडि हटेको छ । त्यसको अर्थ नेपाल एयरलाइन्सले हवाई सुरक्षामा सुधार गर्न नसकेको हो कि भने प्रश्न उब्जिएको छ।

तर, नेपाल एयरलाइन्सले हवाई सुरक्षा व्यवस्थालाई सुधार गर्दै सेफ्टी अडिटमा सहयोग गर्नुको सट्टा आफू स्वयम् कमजोर रहेको पुष्टि हुनेगरी ‘डराएर’ बसेको छ । सेफ्टी अडिटमा खुट्टा कमाउँदै आएको पूर्ण सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले यसकै कारण एक वर्षअघि किनेका एयरबसका ए–३३० विमानले लामो दूरीमा उडान गर्न पाएका छैनन् ।

चीनबाट धेरै विमान नेपाल आउने र उनीहरुले पर्याप्त यात्रु पनि पाउन थालेसँगै ७० उडानलाई तन्काएर सातामा १ सय उडानसम्म गर्न पाउने गरी हवाई सम्झौता पुनरावलोवनको प्रस्ताव चीनले गरेको थियो । यो सम्झौतामा चीन भने सफल भएको छ ।

पुरानो सम्झौतामा नेपालले बेइजिङ, सांघाई, ल्हासा, गोन्जाओ, कुनमिङ, छेन्दु र सियान गरी सात शहरमा उडान गर्न पाउने उल्लेख छ । अहिले चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu