ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जम्मु कश्मीरको घटनाले विश्व राजनीति र सम्बन्धको जोडमा तरंग – परराष्ट्रविद् पाण्डे ( भिडियोसहित)


एबीसी न्यूज
२६ श्रावण २०७६, आइतबार   १ : ५०   बजे

 

काठमाडौं,२६ साउन ।  कश्मीर छुट्टै संविधानले राज्य चल्दै आएकाले पनि स्वतन्त्र हुने आस रहेको थियो । सुन्दर र स्वतन्त्र राज्यको पहिचानमा रमाएका कश्मीरीको छुट्टै पहिचान गएको सोमबारदेखि सकिएको छ । कश्मीरलाई स्वतन्त्र राष्ट्र बनाउने सपना बाँडेर राजनीति गर्नेको दिन पनि सकिएको छ भने त्यहाँका जनताको भविष्य झन् अन्योलग्रस्त बन्न पुगेको छ । जम्मु कश्मीर र लद्दाखमा अब गभर्नर रहँदैनन् ।

लेफ्टिनेन्ट गभर्नरबाट प्रशासनिक काम अघि बढ्नेछ । आफ्नो राज्यको झन्डा गुमाएका कश्मीरी यतिबेला सडकमा निस्कन सकेका छैनन् । उनीहरूका पक्षमा बोलिदिने विश्व समुदायको स्वर पनि मत्थर छ ।

भारतले कश्मीरको झन्डा झिकेर तिरंगा फहराइसकेको छ । त्यहाँ दिल्लीको प्रत्यक्ष शासन लागू भइसकेको छ । यसअघि त्यहाँको संविधान केन्द्रमा निहित थिएन । केन्द्रले पारित गरेका विषय (सुरक्षा, सञ्चार र कूटनीतिबाहेक) त्यहाँको संसदले पुनः निर्णय लिनुपर्ने प्रावधान थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बलियो सरकारले हतारमा लिएको यो निर्णयले दक्षिण एसियाली मुलुकलाई राष्ट्रको नेतृत्वले लिने रणनीति सिकाइदिएको छ । प्रश्न उब्जिएको छ भारतले कश्मीरका विषयमा किन यति हतारमा निर्णय लियो ? संसद्को बजेट अधिवेशन एक दिन बढाएर फटाफट कश्मीरसम्बन्धी निर्णय लिएको देखिन्छ । संसद्मा पारित हुँदै गर्दा राष्ट्रपति रामनाथ कोविन्दाबाट छाप लगाउने काम हुनुले मोदी सरकारले कश्मीरबारे कति हतारमा निर्णय लियो भन्ने प्रस्ट हुन्छ ।

एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले जम्मु कश्मीरको घटनाले विश्व राजनीति र सम्बन्धको जोडमा तरंग ल्याएको बताउनुभयो । ‘भारतको आत्मविश्वास र निर्णय गर्ने क्षमता देखिएको छ । पाकिस्तान र चीनको को मौनता रहस्यमय छ,’ पाण्डेले भन्नुभयो । उहाँका अनुसार यस क्षेत्रमा देखिने राजनीतिक जोडघटाउ सहज छैन ।

कश्मीरको विषय आन्तरिक भए पनि त्यसको तरंग यस क्षेत्रमा परिरहने देखिन्छ । हुन पनि कश्मीरी तीन चिरा परेर तीन देशमा विलीन छन् । अधिक भाग भारतमा छ । भारतले यसलाई दुई चिरा पारेको छ । लद्दाखमा बौद्ध धर्मालम्बी धेरै छन् । जम्मु हिन्दु बहुल छ भने कश्मीरमा मुस्लिम धेरै छन् । ९० प्रतिशत मुस्लिम रहेको जम्मु कश्मीरलाई केन्द्र शासित बनाउन नयाँदिल्लीले अन्तिम उपाय लगाएको देखिन्छ ।

छिमेकी देशले आफ्नो अखण्डता र स्वाधीनतालाई बलियो बनाउन लिइरहेका नीति र चालिरहेका पाइलाबाट नेपालले अखण्डता, स्वाधीनता र स्वाभिमानका लागि बलियो गरी उभिनुपर्छ भन्ने औचित्य स्थापित भइरहेको समेत परराष्ट विद् रमेशनाथ पाण्डे बताउनुहुन्छ ।  ‘भारतको आन्तरिक मामिला भएकाले यसको प्रभाव दक्षिण एसियाली क्षेत्रमा पार्छ । हामी भने यसमा पर्ख र हेरको नीतिमा रहनुपर्छ ।’

नेपाल सरकारले अहिले नै यो वा त्यो भनिहालेर वक्तव्यमा दिन नहुने बताउदै भारतको आन्तरिक मामिला हो । यसले दक्षिण एसियाको राजनीतिसमेत जोडिएको हुनाले अहिले हतार गर्न नहुने समेत पाण्डेको तर्क रहेको छ । नेपालका अन्य प्रधानमन्त्रीले कश्मीर मामिलामा केही बोलेको पाइँदैन । त्यसैले अहिले पनि नेपालले सोचेर मात्र आफ्नो धारणा राख्नुनर्पे पाण्डे बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu