टोकियो, जापान । नेपाली नारीहरुको महान पर्व हरीतालिका तीज नजिकिए संगै जापानको टोकियो पनि यतिबेला तीजमय बनेको छ । रेल स्टेशन होस् वा सडक र रेष्टुरेन्ट जता पुग्दा पनि तीजको रौनक बढेको देखिन्छ । सधै फरक पोषाकमा देखिने नेपाली चेली हिजो आज पुतली जस्तै रंगि बिरंगी बनेर हिडेको देखिन्छ ।
काम सकेर थकित मुद्रामा देखिने चेलीलाई तीजले मुस्कान भरेको छ । रेलमा झुल्दै र मोवाइल चलाउदै हिड्ने चेली अहिले साडी र फरिया मिलाउन व्यस्त देखिन्छन् । तीजले रौंनक भरेको छ पर्वतकी संगिता सुबेदी बताउछीन् । “सबै यतै छौं नेपाल जस्तै लाग्छ । “ सुवेदी भन्छिन । ०१५ मा जापान आएकी उनी बुट्टे साडीमा सजिएर दर खान हिडेकी थिईन। यती बेला टोकियोमा सुवेदी मात्र होइन धेरै महिलालाई नेपाली भेषभुषामा सजिएर हिडेको देखिन्छ । यसरी बुट्टे सारी फरियामा चिटिक्क सजिएका चेलीलाई देख्दा अरु समुदाय समेत अचम्वित हुन्छन् ।
नेपाली कला र संस्कृती झल्कने पोषाकमा चेली मात्र सजिएकी हुदैनीन् त्यहा नेपाल आमा सझिएकी हुन्छीन् , नेपाल झल्किएको हुन्छ र नेपालको सस्कृती अन्तराष्टिय जगतमा समेत परिचित हुन पुगेको छ । नेपालमा जन्मिएकी तर भारतको संस्कार र संस्कृतीमा हुर्किएकी मनलाई पनि हरितालिका तीजले छप्पकै छोपेको छ । निसी ओझिमा बस्दै आएकी उनी तीजकै लागि विदा लिएको बताउछीन् । “तीज असाध्यै मन पर्छ, वर्त बस्ने हो “ उनी भन्छिन् । अर्घाखाँची समाज जापानको तीज उत्सवमा पुगेकी उनले समाजले माईतीको भुमिका निभाएको समेत बताईन् । प्रवासमा पनि सबै नेपाली संग भेटघाट गरेर तीज मनाउन पाईयो खुशी व्यक्त गरिन् ।
प्रवासमा रहदा घरदे शलाई सम्झनु , तीजमा चेलीलाई माईतीको याद आउनु स्वभाविकै मान्न सकिन्छ । जहा गयो त्यही रम्नु पर्छ । संस्कृतीलाई मान्नु पर्छ । र नया पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । यो प्रवासमा रहने सबैको वाध्यता र जिम्मेवारी पनि हो । गोरखाकी सिर्जना वाग्ले ०१५ मा जापान आईन् । उनी अहिले जापान आएको ४ वर्ष बिती सक्यो । तीज मान्नकै लागि वाग्ले अहिले सम्म १ पटक पनि नेपाल जान पाएकी छैनन् । तर उनलाई कुनै गुनासो छैन् । उनी भन्छीन् “सबै दिदीबहिनी आफ्नै लाग्छ, प्रवासमा पनि संस्कृतीलाई फलो गर्दै चाडपर्व मनाउनु पर्छ” । वाग्ले दिदी बहिनी संगै गत आईतबार डबका पुगेकी थिईन् । उनी संगै ३६ जनाको जम्बो टोलीले दर खादै छमछमी नाचेका थिए ।
नवलपरासीकी बिना शर्मालाई पनि यतीबेला तीजले छोएको छ । तीजकै लागी गत सोमबार बिदा पनि राखिन र तीज धमाकामा पुगिन । नवलपरासी समाज जापानले आयोजना गरेको तीज धमाकामा उनी दिदीबहिनी संगै तीज मनाईरहेकी थीईन् । बिना भन्छीन, “ सबैसंग भेटघाट भयो रमाईलो लागेको छ । “ तीज हाम्रो मौंलिक पर्व हो, जहाँ भएपनि निरन्तरता दिनुपर्छ । तीज नजिकिए संगै टोकियो, नागोया फुकोका, ओसाका, होक्काइदो लगायतका जापानका मुख्य शहरमा नेपाली रेष्टुरेन्ट दर खुवाउनमै व्यस्त भएको रेष्टुरेन्ट संचालकको भनाई छ ।
पछिल्लो समय नेपाली व्यवसाय फष्ट्याउदै गएको जापानमा तीज पर्वले रेष्टुरेन्ट व्यवसायमा भने केही टेवा पुर्याएको छ । निश्चित समय, ठुलो संङख्यामा आउने र विभिन्न परिकार हुने हुँदा सहयोग पुगेको हो । “सिङ्गो व्यवसायमा परिवर्तन नआएपनि साना रेष्टुरेन्ट व्यवसायमा टेवा पुगेको छ ।” नेपाली व्यवसाय संघ जापानका अध्यक्ष विजय थकाली बताउछन् । तीजलाई परम्परागत, अनुशासित र मर्यादित तरिकाले मनाउँ, थकाली भन्छन् ।
२०१८ को तथ्याङ्क अनुसार जापानमा ८८ हजार ९ सय ५१ जना नेपाली छन् । यती ठुलो संङख्या नेपाली रहेको जापानमा मुख्य पर्वहरु तीज, दशै र तीहार धुमधामले मनाइन्छ । नेपालीले मनाउने पर्व, पोषाक र परिकार देखेर विदेशी समेत अचम्वित हुन्छन् ।
तर उनी नेपालको पर्व र संस्कृतीको बारेमा जानकार हुदैनन् । नेपाली पर्व र परिकारको बारेमा विदेशी समुदायलाई पनि परिचित गराउनु पर्ने कतिपयको तर्क पनि छ । अध्यक्ष थकाली भन्छन् । “नेपालका चाडपर्व र परिकारको बारेमा विदेशीलाई समेत परिचित बनाउनु पर्छ ।” नेपाली समुदायको ठुलो हिस्सा टोकियोमा बसोबस गर्छ । बिभिन्न जिल्ला र जातियताका नाममा ८६ समाज र संस्था पनि स्थापना भएका छन् ।
सामाजिक सद्भाव, भाईचारा बढाउने र सामाजिक सेवाका लागि स्थापना भएका ती संस्थाले कहिले खेलकुद, रक्तदान त कहिले अन्तरक्रिया, जस्ता गतिविधी गर्दै आएका छन् । पछिल्लो १ महिना भने हरितालिका तीजमै केन्द्रित भएको पाईन्छ । तीजमय बनेको देखिन्छ ।
बाग्लुङ समाज जापानले गत २५ तारीक वनभोजको आयोजना गर्यो तर त्यहा वनभोज भन्दा तीजमै केन्द्रित रहयो ।
कतै तीज धमाका, तीज उत्सव र तीज फेष्टीवलका नाममा होस पार्क, रेष्टुरेन्ट र चोक सबै तीजै तीज बनेको छ । यसले के पनि प्रष्ट पार्छ भने नेपाली विश्वको जुनसुकै ठाउमा भएपनि नेपालको संस्कार, सस्कृती संगै लगेको हुन्छ । नेपाली( नेपाली बीच एकता, सामाजिक सहिष्णुता र महिलाको सम्मान र अबसरमा जापानका संस्थाले अभिभावकको भुमिका निभाएका छन् र महिलालाई नेत्तृत्व तहमा पनि पुर्याएका छन् । तीजका कार्यक्रमले महिलादिदी बहिनी संगै दाजुभाइलाई पनि लाई पनि छमछमी नचाएका छन् ।
कुनै बेला महिलाले पीडा र वेदना पोख्ने पर्वमा सिमीत रहेको तीज पछिल्लो समय महिला अधिकार र मुक्तीको शसक्त माध्यम बनेको छ । तीजले महिलालाई सौन्दर्यता मात्रै भरेको छैन् जिम्मेवार बनाएको छ, आत्मबल बढाएको छ । “तीज नेपाली महिलाको मौलिक पर्व हो, यसलाई अधिकारको रुपमा लिनुपर्छ र मर्यादित तरिकाले मनाउनु पर्छ” एनआरएनए जापानकी उपाध्यक्ष अनिता गुरुङ भन्छिन । तमु धीं जापानकी अध्यक्ष समेत रहेकी गुरुङ जापानमा मनाईने तीज तड्किलो, भड्किलो नभई सभ्य र मर्यादित भएको दावी गर्छिन् ।
जापानमा तीजकै लागी बिदा नभएपनि आफ्नो परिस्थिती र अनुकुलतामा सबैले तीज मनाउदै आएका छन् । विदेशी समुदायमा रहदा त्यहाको निती नियम र मर्यादामा रही तीज मनाउँ । हुनेखानेका लागि मात्र नभई हुदा खानेकालागी पनि साझा पर्व तीज बनाउँ । नयाँ पुस्तालाई नेपालको संस्कार र संस्कृती सिकाउँ । प्रदेशी भुमीबाट सभ्य नागरिकको परिचय दिउँ ।
प्रतिक्रिया दिनुहोस्