वनफूल म यौटा वनफूल छोपिएको छु झाडी, बुट्यानले बाँधिएका छन् हात-गोडा बाँधिएको छु सम्बन्धको कठोर जन्जिरमा निमोठिदैछन् रहर, इच्छा या चाहना आगोमा जलिरहेछन् सपना जिउँदो छु म, तर प्राण छैन सब छन् तर आफ्नै कोही छैनन् जब सधैं, आँखाको डिलबाट खसेको आँसु देख्ने कोही छैन ...