कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर गइरहेको एउटा जहाज दुर्घटना भएर डुबेको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले कमजोर आर्कटिक पारिस्थितिकीय प्रणालीमा सम्भावित इन्धन चुहावटलाई रोक्न काम गरिरहेका छन् । “हिजो राति स्थानीय समयानुसार करिब १ः४५ बजे एउटा जहाज नानोर्तालिक नजिकको चट्टानमा ठोक्कियो ...