वाशिङटन, ८ कात्तिक । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई हुलाकबाट शंकास्पद विस्फोटक पदार्थ पठाइएको खबरले अहिले त्यहाँ सनसनी मच्चिएको छ । सो घटना बारेमा अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले छानबिन गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । ओबामाका प्रवक्ताले यसबारे कुनै प्रतिक्रिया ...