काठमाडौं, १७ माघ । यमनको दक्षिण सहर अदेनलाई पृथकतावादीहरुले नियन्त्रणमा लिएका छन् । सरकारी सेनासंग संघर्षपछि पृथकतावादीले सहर आफ्नो नियन्त्रणमा लिएका हुन् । यमनका प्रधानमन्त्री अहमद बिन दागेरसहितका मन्त्रिपरिषदका सदस्यहरु राष्ट्रपति कार्यालयमा रहेका छन् । सेना र पृथकतावादी समूहबीच भएको भिडन्तमा ४० जनाको मृत्यु भएको रेडक्रसले ...