काठमाडौं २६ मंसिर । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सिरियामा बसर अल असदको शासन ढल्नुमा अमेरिका र इजरायलको हात रहेको बताएका छन्। खामेनीले टर्कीको नाम नलिई उसलाई पनि दोष दिएका छन्। ‘सिरियामा जे भयो, त्यो अमेरिकी र यहुदीवादी योजनाको नतिजा थियो। यसमा कुनै सन्देह ...