चरिकोट, ५ चैत्र । शेयर वितरण ‘मोडालिटी’ सच्याउनुपर्ने माग गर्दै अपर तामाकोशी शेयर सरोकार संयुक्त संघर्ष समितिले आज चरिकोटमा एक घण्टा चक्काजाम गरेको छ । समितिले पटक पटक समय दिँदा पनि आफूहरुको माग पूरा नभएको भन्दै सदरमुकाम चरिकोटमा एक घण्टा सडक धर्नासहित चक्काजाम गरेको हो ...