काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सहकारीका सम्पूर्ण शेयर सदस्यले विद्युतीय चुल्होको ...