काठमाडौँ, ११ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा पूँजिगत खर्च गर्ने क्षमतामा बढाउने गरी बजेट विनियोजन गरिने बताउनुभएको छ । बुधबार नेपाल नगरपालिका संघको २८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूँजिगत खर्च गर्ने क्षमताको कमी हुनु राष्ट्रिय कमजोरीको रुपमा रहेको बताउनुभयो । ...