काठमाडौं, २८ मंसिर । डोजरसहित पोखराको खपौंदीमा जनप्रतिनिधि, प्रशासन र सुरक्षाकर्मीसहित महानगरको टोली पुग्यो । फेवाताल किनार खपौंदी, गैराको चौतारामा मापदण्डविपरीतका निर्माणाधीन अस्थायी संरचना महानगरले भत्कायो । निर्माणस्थलबाट निर्माण सामाग्री महानगरले जफत गर्यो । स्थानीय तहको निर्वाचन भएर पोखरा महानगरपालिकामा जनप्रतिनिधि आएको वर्षदिन पनि पुगेको ...