काठमाडौं १० असार। काठमाडौं महानगरपालिकाले मैतीदेवीमा सञ्चालित एफडीएच क्लिनिक बन्द गराएको छ । मापदण्ड विपरीत क्लिनिक सञ्चालनमा भइरहेको पाइएपछि बन्द गराएको महानगरपालिकाको स्वास्थ्य सेवा प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आइतबार दिउँसो ४ बजे एफडीएच बन्द गराएको हो । एफडीएच (फुड, डाइबिटिज, हार्ट) ...