काठमाडौं, २७ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम आएसँगै प्रदेश २ बाहेक सबै प्रदेशमा वाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ। निर्वाचनमा होमिनुअघि नै प्रदेश मुख्यमन्त्री दाबी गरेका प्रायः सबै उम्मेदवारले प्रदेशसभामा विजय हासिल गरेका छन्। एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव पृथ्वीसुब्बा गुरुङ, भीम ...