बैतडी, ३ असोज । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमकै दोस्रो ठूलो पाटन विमानस्थल पुनःसञ्चालनको तयारीस्वरुप कालोपत्र गर्ने काम शुरु हुने भएको छ । विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्यसहित माटो काट्ने काम तीव्र गतिमा भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृद्धि श्रेष्ठले जानकारी दिनुभयो । ...