दाङ, १३ मंसिर । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मी दाङमा अहिले ह्वात्तै बढेको छ । विभिन्न राजनीतिक दल र त्यसका उम्मेदवारले चुनावी घरदैलो कार्यक्रम, सभा र प्रचारप्रसार अभियानलाई तीव्र पारेर मतदातासामु आ–आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । दाङ क्षेत्र ...