धनुषा, १९ कात्तिक : विगतमा झैँ यस वर्ष पनि जनकपुरस्थित गंगासागरमा भूत मेला मनाउन धामीझाँक्री भेला भएका छन् । आज बिहानै जनकपुरधामस्थित गंगासागर तलाउमा धामीझाँक्रीको घुइँचो लागेको छ । धनुषा, महोत्तरी, सिरहा, सप्तरीसहित भारतका विभिन्न स्थानबाट जनकपुरको गंगासागरमा स्नान गरी मन्त्रसिद्ध गर्न धामीझाँक्री आउने गर्छन् ...