काठमाडौं,१३ पुस । तमु सञ्चारकर्मी संघ, नेपालले सातजना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । शुक्रबार तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले तमु (गुरुङ) ल्होछार २०७५ को अवसरमा आदिवासी पत्रकारहरुलाई पुरस्कृत गरेको हो । पूर्व प्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट राजबहादुर गुरुङ र गजुरधन राई ...