ललितपुर, २४ मङ्सिर । नख्खु कारागारमा रहेका धेरै कैदीबन्दीमा छालाको समस्या देखिएको छ । छालाको रोग चाँडो सर्ने भएकाले कैदीबन्दी यसबाट पीडित भइरहेको कारागारले बताएको छ । एउटै कोठामा धेरै जनासम्म बस्ने हुँदा रोग चाँडो फैलिएको कारागारमा कार्यरत स्वास्थ्य सहायक नानीमैयाँ दाहालले बताउनुभयो । उहाँले ...