पशुपतिनगर, २३ मङ्सिर । प्रजातन्त्रका सेनानी तथा नेपाली काङ्ग्रेसका पाका नेता चक्रबहादुर साउदेनको गए राति निधन भएको छ । लामो समय राजनीतिमा रहेर समाजसेवामा सक्रिय रहेका सन्दकपुर गाउँपालिकास्थित सुलुबुङ निवासी इलाम जिल्लाका पूर्वउपसभापतिसमेत रहनु भएका साउदेनको ८० वर्षको उमेरमा निधन भएको हो । पूर्वगाविस अध्यक्ष तथा नेपाली ...