काठमाडौँ, १७ साउन। पोखरालेखनाथ महानगरपालिका– ७ अन्नपूर्ण टोलबाट चितुवाको छालासहित त्यसको खरिद बिक्रीमा संलग्न तीनजना पक्राउ परेका छन् । प्रहरीको वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामका लागि केन्द्रीय अनुसन्धान व्यूरो र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको क्षेत्रीय अनुसन्धान समूहले दुईवटा चितुवाको छालासहित तीनजनालाई बुधबार पक्राउ ...