चितवन, ३२ असार । रत्ननगर नगरपालिकाले बालबालिकालाई सरकारी स्कुलमा आकर्षित गराउन शिशु कक्षामा खाजा कार्यक्रम शुरु गरेको छ । नगरप्रमुख नारायण वनका अनुसार रत्ननगरका ३२ विद्यालयका ८७७ विद्यार्थी खाजा कार्यक्रममा सरिक भएका छन् । उनीहरुलाई प्रतिदिन रु १५ का दरले नगरपालिकाले खाजाका लागि रकम उपलब्ध गराएको ...