दोलाखा, १४ कात्तिक । दुर्लभ वन्यजन्तु सालकको दुई किलो ६०० ग्राम खपटासहित प्रहरीले तामाकोशी गाउँपालिका–५ किर्नेटारबाट एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रामेछाप गोकुलगङ्गा गाउँपालिका–५ का २० वर्षीय प्रल्हाद खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । ...